Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकाले मनायो २०औ राष्ट्रिय धान दिवस

  • असार १६, २०८०
  • ७१८ पटक पढिएको
  • रामएकवाल राम
alt

रामदएकवाल राम

सिरहा - सिरहाको भगवानपुर गाउँपालिकाले २० औ राष्ट्रिय धान दिवस मनाएको छ।

भगवानपुर गाउँपलिकाको अभियान धान बाली उन्नत खेती प्रविधिको विकास, जलवायु अनिकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ उक्त दिवस मनाएको हो। गाउँपालिकाको केन्द्र नजिकै रहेको खेतमा रोपाइँ गरी यो दिवस मनाईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री उग्र नारायण यादव प्रमुख प्रशासकिय अधिकृत,पालिकाका कर्मचारी , सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

यस्तै मुलुकभर नै रोपाइँ उत्सव गरेर धान दिवस मनाइएको छ। दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर असार १५ लाई उत्सवकै रुपमा मनाइने गरिएको छ। मानो रोपेर मुरी फलाउनका लागि धानको विउलाई रोप्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१