प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माको प्रतिबद्धता

  • असार १६, २०८०
  • ५७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कञ्चनपुर, असार १६ गते । राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले सप्तरीका १८ ओटै पालिकामा प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा मधेश प्रदेशमा जातिय भेदभाव तथा छुवाछुतको अवस्था र राष्ट्रिय दलित आयोगको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यको आसनबाट बोल्दै अध्यक्ष विश्वकर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोग अध्यक्ष विश्वकर्माले तुलनात्मक रुपमा मधेश र कर्णालीका दलित सबभन्दा बढी पीँधमा रहेको बताउँदै मधेस र कर्णालीमा बढी काम गर्नुपर्ने बताए ।

Open photo

उनले भने,‘मधेशको दलितको अवस्था भोक लागेको छ, चामल छ तर पकाएर खाने दाउरा छैन, दाउरा छ त चामल छैन र दशै,तिहार,छठ र होली लगायतको पर्वहरु आउछ अरु सबैले नयाँ कपडा किन्छन तर दलित समुदायका छोरा छोरीलाई कपडा किनिदिने अवस्थामा छैन ।’ ‘विभेदको कुराको विषयमा त मैले भन्नै पर्दैन मैले भन्दा मधेश प्रदेशको दलितहरुले धेरै भोग्नु परेको छ । मैले पनी अलिअलि भग्ने गरेको छु,त्यसकारण मैले विभेदको कुराहरु भन्न नचाहेको र मधेशका दलितको समस्याको विषयमा हामी एकदमै गम्भीर छौं । ’ अध्यक्ष विश्वकर्माले भने,‘मधेश प्रदेशमा दलितहरुको जनसंख्या १८ प्रतिशत छ सप्तरी जिल्लामा त २४ प्रतिशत दलितहरु रहेको छ । आठ वटा जिल्लामा १८ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर यहाको सरकारलाई जती झीलीमिली गरे पनी कुनैपनी काम हुदैँन ।

’ दलितको खरले छाएको घर छ त्यो घरमा आगो लाग्न पनी सक्छ बाढीले उडाएर पनी लग्न सकिन्छ अब त्यसको घर बनाउनु पर्ने त्यसको लागि के के गर्नु पर्छ राष्ट्रिय दलित अयोगसंग योजना छ त्यो योजना अनुसार हामीले तिनै तहका सरकारलाई संघ सरकार,प्रदेश सरकार र स्थानिय सरकारलाई पनी भनी राखेका छौँ ।’ अध्यक्ष विश्वकर्माले विगतमा आयोगका अध्यक्षहरुले के गरे थाह छैन तर म मधेश प्रदेशको पालिकासम्म आएर काम गर्न तयार रहेको बताए । कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलकुमार पासवानले अझै पनि दलित समुदायले दैनिकरुपमा विभेदको सामना गर्नुपरीरहेको बताए । उनले भने,‘ गैर दलितयूवासँग दलितका छोरी प्रेम विवाह गर्दा घर छिर्न दिदैँनन् र अन्तिममा आत्महत्या गर्छन । दलितको छोरा गैर दलितको छोरीसँग विहे गर्दा बलात्कार र अपहरणको मुद्धामा जेल पठाउँछन् ।

’ जातीय विभेद अनपढले मात्रै गर्ने गरेको कुरा सही नभएको बताउँदै कार्यकारी निर्देशकले भने,छुवाछुत मुक्त देशका भएको १७ औं बर्ष बितिसक्यो तर सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादब जस्ताले खुलेआम विभेद गर्दा पनि राज्यले कुनै कार्यवाही नगरी पीडकलाई पक्ष पोषण गरेको छ ।’ कार्यक्रममा कञ्चनरुप नगरपालिका कार्यपालिका सदस्य शोभा पासवान र रञ्जु सरदारले दलितका लागि बजेट बिनयोजन गर्न कुरा उठाउँदा नगरप्रमुखले विषयान्तर गर्ने गरेको बताए । नेपाल उत्पीडित जातिय मुक्ति समाजका प्रदेश अध्यक्ष पञ्चदेव मण्डलले राजनीतिक दल दलितको समस्या समाधान गर्न नचाहेको बताए । उनले भने, दलितमाथि दमन हुदाँ दलका नेताहरु पीडितभन्दा पीडकको पक्षबाट वकालत गर्छ ।

दलित अगुवा लक्ष्मण पासवानले पहिलो पटक दलित आयोगका पदाधिकारी गाउँमा आएर दलितसँग छलफल गरेको आपूmले देख्दा खुशी लागेको बताए । मञ्चका निर्देशक भोलकुमार पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रम दलित संयुक्त सर्घष समिति कञ्चनरुप नपाको संयोजक रामदेव खत्वे शर्माले संचालन गरेका थिए भने स्वागत कार्यक्रम संयोजक सुनिल सरवरियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१