Siraha Times
ताजा समाचार

सिडियो विरुद्ध जनकपुरमा विद्यार्थीहरुको प्रदर्शन

  • असार १५, २०८०
  • १३५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नकपुरधाम, १५ असार । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल विरूद्ध विद्यार्थीहरूले जनकपुरधाममा शुक्रबार प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन । जिल्लाको औरही गाँउपालिका झिटकहियास्थित रामजानकी माध्यमिक विद्यालयको शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले आन्दोलनमा होमिएको हुन् ।

Open photo

‘भ्रष्ट प्रमुख जिल्ला अधिकारी राजिनामा देउ, सिडियो साहेब मुर्दावाद,भ्रष्ट शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मुर्दावाद, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुर्दावाद, नैतिक पतन शिक्षक बद्री नारायण यादव मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद, प्र.अ मदन सर 'जिन्दावाद’ को नाराहरू लगाउदैँ विद्यार्थीहरूले जनकपुरमा प्रदर्शन गर्दै सिडियो कार्यलय घेराउ गरेका हुन ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीहरुले नैतिक पतन भएका शिक्षक बद्री नारायण यादवलाई हाम्रो विद्यालयमा पठाएकोले उनले यस्ता नैतिक पतन भएका शिक्षक हामीहरुलाई नचाहिने बताए । जर्जर अवस्थामा पुगेको विद्यालयलाई सुधार गरेको मदन सर नै आफूहरुलाई चाहिने उनीहरूले बताए । प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने,-'हामीहरुको भविष्य बनाउने शिक्षक मदन सरलाई अनेकौं जालझेल गरेर हटाउने खेलमा स्थानीय केही नेताहरु लागेका छन् । त्यो हामीलाई कदापी बर्दास्त हुदैन । विद्यालयमा राजनीति होईन, पढाई हुनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१