Siraha Times
ताजा समाचार

ई - पुस्तकालय उद्दघाटन कार्यक्रम सम्पन्न

  • असार १५, २०८०
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बाददाता आषाढ १४ । सिराहाको धनगढीमाई १४ मा रहेको श्री मदन भण्डारी स्मृति माध्यामिक विद्यालयमा आधुनिक पुस्तकालयको उद्दघाटन गरिएको छ । वडा अध्यक्ष अमित ठकुरीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान मल्ल मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी व्यानर खोल्दै व्यानरमा लिखित शब्दहरु पढेर कार्यक्रमको उद्घघाटन वाडा अध्यक्ष अमित ठकुरीले गर्नु भएको थियो ।

पूर्व निर्धारित समय अनुसार विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,वर्तमान समितिका पदाधिकारी लगाएत अथितीहरुमा तिनकोनी विद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सञ्जय चौधरी ,समाजसेवी , स्थानिय राजनितिककर्मी ,शिक्षक ,कर्मचारी लगायतको उपस्थितिमा वाडा अध्यक्षले ई पुस्तकालयको उद्दघाटन गर्नु भएको थियो । धनगढीमाई नगरपालिकाबाट प्राप्त अनुदानबाट उक्त पुस्तकालयलाई प्राप्त कम्प्युटर ८ थान , टेबुल ८ थान , स्टुल १२ थान, ८० हजार बरावरको पुस्तक , ४ थान र्याक , १ थान लक्कर , १२ थान प्लास्टिकको कुर्सी ,२ थान फोल्डिङ कुर्सी ,प्रोजेक्टर १ थान लगाएत करिब ६ लाख ५० हजार मूल्य बराबरको सामानहरू ई पुस्तकालयमा नगरबाट प्राप्त भएको प्रधानध्यापक रेखा कुमारी राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१