Siraha Times
ताजा समाचार

सिराहा: लक्ष्मीपुर पतारीमा निलम्बित वडा अध्यक्षद्वारा सरकारी गाडी दुरुपयोग

  • असार १५, २०८०
  • ९३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, १५ असार । पछिल्लो समय सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा भ्रष्टाचारको अभियोगमा अधिकाँश जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरु फँसे उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगालले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरे। भ्रष्टाचारको आरोपमा फसेका जनप्रतिनिधि कर्मचारीहरुले केही दिनमै आआफ्नो गाडी कार्यालयमा बुझाए ।

Open photo

तर, तत्कालीन वडा अध्यक्ष विद्यानन्द साह सुडीले अहिलेसम्म गाडी नबुझाई आँफू र वहाँको छोराले जथाभावी गाडी दुरुपयोग गर्दैगर्दा स्थानीयहरुले व्यापक विरोध प्रदर्शन गरेको छ। यता , गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुरले किन यति दिनसम्म गाडी झिकाउनु भएन ? जताततै चिया चर्चादेखि सबै ठाउँमा आवाज उठने गरेको छ। वडानम्वर ४ का वडा अध्यक्ष विद्दानन्द साह सुडीको दोस्रो कार्यकाल थियोे जो अहिले भ्रष्टाचारको आरोपमा निलम्बनमा परेको छ।

Open photo

राज्य पक्षबाट आरोप लागि सकेपछि सरकारी तथा जोसुकैले पदधारण गरेका व्यक्तिले सरकारी सम्पत्ति प्रयोग गर्न पाइदैन । तर, त्यसको ठिक उल्टो र जनताको हित विपरीत काम भइरहेको छ। यो एक किसिमको जनप्रतिनिधि तथा कर्मचारीहरुको ज्यादती हो , जनताको करको दुरुपयोग हो । पालिकालाई डुबाउने शड्यन्त्र हो । स्थानीय सरकार आए दिनदेखि जतात्यतै सरकारी रकम देखि सरकारी सम्पत्तिसम्म आँफु खुशी मनोमानी बढेको देखिन्छ ।

यस विषयमा पालिका र सम्बन्धित निकाय ठोस कदम चाल्नु पर्ने अवस्था छ। सम्पत्ति दुरुपयोग गर्ने दुरुपयोगीलाई कानुनी प्रकृयामा ल्याउनु पर्छ। गाडी समयमा नबुझाउँदा कार्यालयको कामकाज सेवा प्रवाहमा समस्या हुने गरेको स्थानीय युवाहरू बताउँछन् । यता , बुधबार भएको सरकारी मोटरसाइकल गाडी दुरुपयोगको विषयमा लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँहलाई ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा समेत सम्पर्क विहीन भएको थियोे । लक्ष्मीपुर पतारी गाउँपालिकाका जम्मा ६ वडामध्ये ५ वटावडामा नेपाली काङ्ग्रेस विजयी भएका छन् । पालिका अध्यक्ष , उपाध्यक्ष समेत काङ्ग्रेसकै भएकाले काङ्ग्रेसले बहुमतकै आधारमा काङ्ग्रेसी तामझाम लीन बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१