Siraha Times
ताजा समाचार

लहान नगरपालिकाले बाँडियो १० महिनामा तीन करोडको इन्धन

  • असार १४, २०८०
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ १४ असार । सिराहाको लहान नगरपालिकाले चालू आर्थिक वर्ष नबित्दै तीन करोड रूपैयाँको इन्धन वितरण गरेको छ । चालू आर्थिक वर्ष बित्न डेढ महिना बाँकी छँदै तीन करोड रूपैयाँ बराबरको इन्धन वितरण गरिएको तथ्य बाहिरिएको छ । २४ वडा रहेको नगरले वडाध्यक्षहरूलाई मासिक जनही १० लिटरको दरले इन्धन उपलब्ध गराउने कार्यपालिकाले यसअघि नै निर्णय गरेको थियो । ‘जनप्रतिनिधिलाई इन्धन दिनु स्वाभाविक हो,’ नगरपालिका उच्च स्रोतले भन्यो, ‘तर कर्मचारी र चिनजानकालाई सीमाहीन इन्धन वितरण गरिएको छ, यो चाँही अति भयो ।

’ मेयर–उपमेयरबीचको विवाद चरमोत्कर्षमा पुगेको लहानमा बहुमतको आधारमा मेयर महेश चौधरी आफूखुशी चलेको आरोप लाग्दै आएको छ । यसैबीच मेयरले उपमेयर रामचलितर महतोले प्रयोग गर्दै आएको गाडी भने खोसेका छन् । मेयर विरूद्व प्रेसविज्ञप्ति जारी गरेपछि उपमेयरको गाडी विना जानकारी खोसिएको बताइएको छ । अहिले उपमेयर चढ्ने गाडी हालै हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत शोभद्रा गौतमले प्रयोग गर्न थालेकी छन् । त्यसैगरी मेयर चौधरीले आफ्नो हस्ताक्षर बिना कुनैपनि सूचना बाहिर नदिन कार्यपालिका बैठकबाट निर्णय गराएका छन् ।

यता, लहान नगरपालिकामा मेयर महेश प्रसाद चौधरीको एक द्वार प्रणालीमा कार्यालय सञ्चालन गरिदै आएको छ। मेयर चौधरी बिना कुनै कामकाज हुदैन , नगरपालिका भित्र काम गर्ने कर्मचारीहरु समेत " उनको " इजाजत लिएरै काम गर्छ। लहान नगरपालिकाले जुन ३ करोडको इन्धन बाँडेको कुरा जतात्यतै चर्चा चलिरहेको छ । यो मेयरको ढोँङ हो । यो भन्दा भ्रष्टाचार अरु के हुन सक्छ र? भन्ने लहान बजारमा यत्रतत्र सर्वत्र चर्चा हुने गरेको छ।

कसले गर्न सक्छ कार्यवाही गर्ने मेयर महेश चौधरीलाई? अख्तियारी हुनु पर्छ लहान नगरपालिकामा अर्बौ बजेट पास गरेर झ्वाम्म गर्ने भ्रष्ट मेयर चौधरीलाई हतकडीको सयम भइसकेको स्थानीयहरु भन्नुहुन्छ । यस विषयमा हाम्रा संवाददाताले मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिन गरिएको पटक पटकको प्रयास सफल हुन सकेन । जनआस्था ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१