ताजा समाचार

लप प्रमुख साहमाथी भ्रष्टाचारको आरोप, भतिजाको नाममा कारोबार

  • फागुन १४, २०७५
  • ७४६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १४ फागुन । लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबलव साह र अधिकृत रविन्द्र महतोमाथी स्थानीयले भ्रष्टाचार गरेको आरोप लगाएको छ । स्थानीयवासीले उनीहरुमाथी छानविन गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश २ मा हालै उजुरी दिएका छन् । लक्ष्मीपुर पतारी ३ बस्ने राहुल यादव र लक्ष्मीपुर पतारी ६ का देवनारायण साहले सँयुक्त रुपमा आयोगमा उजुरी दिएको छ । पोखरी जिर्णोद्धारको लागि ४७,५१,११९.९० रकम छुट्याएर आफ्ना सागा भतिजा अशोक साहलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर हिनामिना गरेको आरोप छ । अध्यक्ष साहले कान्छा भतिजालाई गाडी चालकमा नियुक्ति गरी कर्मचारीको तलब भता निकासा गरेको आरोप छ । गापाको भवन निर्माणमा ३५ लाख विनियोजित गरी भतिजा विजय साहलाई हर्ताकर्ता बनाएर रकम अनियमिता गरेको आरोप छ ।

धमियाइन माविमा पर्खाल निर्माणको लागि विनियोजित ५ लाख रकम आफु कुम्लाउँनको लागि भतिज विजय साहलाई नै हर्ताकर्ता बनाएको आरोप छ । वडा ३ मा माटो ग्रावेलको लागि विनियोजित गरिएको १० लाख रकम समेत हिनामिना गरिएको छ भने त्यसको उपभोक्ता समितिका कोषाध्यक्ष विजय साहलाई नै बनाएर रकम झ्वाम पारेको अध्यक्ष साहमाथी आरोप छ । कर्मचारी पुरस्कार तथा स्थानीय प्रोत्साहन भत्ता वापतको १२ लाखको डुप्लिकेट बीलभरपाई बनाएर पेश गरिएको आरोप छ । परिषदको लागि विनियोजित ९ लाखमा समेत व्यापक अनियमितता गरेको उजुरीपत्रमा उल्लेख छ । त्यसैगरी, गरिबसँग विशेश्वर कार्यक्रमका १,६९,०००० विनियोजित रकम लक्षित गरिबवर्गले नपाएको आरोप छ । भवन मर्मत तथा सुधारको लागि विनियोजित ४ लाख ५० हजारमा सहि ढंगबाट काम नभएको आरोप छ । कार्यालय सँचालनको लागि मेसनरी समान, कम्प्युटर प्रिन्टर, व्याट्री, इन्भेटर, सोलार खरिदको लागि विनियोजित १५ लाखको डुप्लिकेट वील भरपाई बनाएको आरोप छ ।

गरिबसँग विशेश्वर कार्यक्रम २ लाख ६० हजारमा समेत अनियमितता गरेको छ भने पोखरी ठेक्कामा अनियमिता गरेको आरोप छ । यो सँगै लेखापरीक्षकबाट स्थलगत निरीक्षण नगराई प्राविधिकहरुबाट अनियमित तरिकाले स्टीमेट मूल्याँकन गरेकोले त्यसकै आधारमा लेखापरीक्षण गर्न खोजेको तर स्टटमेट अनुसार काम नभएकोले सोको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई जानकारी गराउँदै कारवाहीको माग गरेको छ । यसवारे लप प्रमुख साहसँग सम्पर्क गर्दा ‘स्थानीयतहको आफ्नै अधिकार छ ।’ ‘हामी कानुन आफ्ै बनाएर काम गर्छौ ।’ ‘कुनै अनियमिता भएको छैन ।’ ‘यो अधिकृतले चलाउँने हो ।’ ‘अधिकृतले नै जानोस् ।’ उजुरी हाल्ने हाल्छ, त्यो सँग म डराउँनेवाला छैन ।’ ‘छानविन होस् म त्यस्तो केही गरेका छैनौं ।’ लक्ष्मीपुर पतारीमा इन्धनमा समेत व्यापक अनियमिता भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤