बारागढीका लेखा अधिकृत चौधरीको कालाकर्तुत बाहिरिएपछि बहुलाउदै प्रतिकृया दिए गाउँपालिका अध्यक्ष जैसवाल

  • असार १३, २०८०
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १३ असार । बारा जिल्लाको बारागढी गाउँपालिकाका लेखा अधिकृत अजय चौधरी र गाउँपालिका अध्यक्ष अशोक जैसवालको भागबण्डाको बिषयमा समाचार उजागर हुनासाथ अध्यक्ष लगायत लेखा अधिकृत बहुलाए झै प्रतिकृया दिए पश्चात चौतर्फी आलोचना हुन थालिएको छ । असार १० गते बिभिन्न संचार माध्यमबाट बारागढी गाउँपालिकाका अध्यक्ष जैसवाल र लेखा अधिकृत चौधरीको भागबन्डा बारे समाचार उजागर भए पश्चात मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै बहुलाए झै प्रतिकृया दिएका हु्न ।

केहि तेलको लोभ देखाउदै समाचार खन्डन गर्न बोलाइएका पत्रकारहरुको टोली अगाडी बारागढी गाउँपालिकाका अध्यक्ष आफ्नो पदको दम्भ बताउदै महिला पत्रकार कै अगाडी अश्लिल शब्द प्रयोग गरेको भिडियो नै सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष अशोक जैसवालले अण्डकोष चाट्ने शब्द प्रयोग गर्दै नियम कानुन र आफ्नो मर्यादा बिर्सिदै बहुलाए झै प्रतिकृया दिएको बारे भिडियो क्लिपबाटै प्रष्ट हुन्छ । अध्यक्ष जैसवालको भिडियो क्लिप समाजिक संजालमा उजागर हुनासाथ चौतर्फी आलोचना समेत भएको देखिन्छ । तर खन्डन गर्ने उदेश्यले तेलको लोभमा बारागढी गाउँपालिका पुगेका पत्रकारहरुको आँखामा लाज समेत नलागि यथावत नै रहि खन्डन गर्नेतर्फ उन्मुख नै भएको प्रष्ट हुन्छ । समाचार लेखेका सम्बन्धीत पत्रकारको उपस्थिती बिना नै पत्रकार सम्मेलन गरिएको कारण सम्पुर्ण पत्रकारको भावनामा चोट पुरयाउदै इज्जत माथी पनि खेलवाड गरेको स्पष्ट बुझन सकिन्छ । गाउँपालिका भित्र गरेको कतुर्त लुकाउन लेखा अधिकृत अजय चौधरी र गाउपालिका अध्यक्ष अशोक जैसवालले पत्रकार सम्मेलन गरेको बारे यहाँ स्पष्ट बुझन सकिन्छ ।

त्यस्तै बारा जिल्लामा "क" बर्गका पत्र पत्रिका हुँदा हुदै पनि कमिशनको लोभमा बाहिरका पत्रिकालाई बिज्ञापनहरु दिइएका कारण पनि त्यस पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरु घुसखोर तथा भ्रष्ट रहेको बारे प्रमाणित गर्दछ । बारागढी गाउँपालिकामा भएको भ्रष्टाचार बारे अख्तियार दुरुपयोग अनुसन्धान लगायत जिल्ला प्रशासन कार्यालय बारामा समेत उजुर परेपनि हालसम्म बिचाराधिन रहेको देखिन्छ । यसरी कुर्सीको बलमा देशका कानुन, संबिधान र प्रशासनलाई लत्याउँदै सरकारसंग अनुमती लिई दर्ता गरिएका पत्र पत्रिका तथा श्रमजिवी पत्रकारलाई अपहेलना गर्ने जनप्रतिधि देशमा राज गर्ने हो भने निमुखा जनताहरु शंकटमा पर्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पत्रकारको अगाडी गरिएको व्यबहारलाई देख्दा सोझा साझा जनता संग कस्तो व्यबहार गरिन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१