सञ्जय चौधरीको अथक प्रयासपछी कित्ता काट शुरु

  • असार १२, २०८०
  • १५७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ़ १२ । सिराहाको धनगढीमाई नगरपालिकाको भू उपयोग योजना तथा जग्गा बर्गिकरण गरि आज देखि जग्गाको कित्ताका शुरु भएको छ । धनगढीमाई नगरपालिकाको भू-उपयोग मापदण्ड,२०८० अनुसार भू-उपयोग योजना जग्गा बर्गिरकरण गरि डिजिटल डाटा र अध्यावधि गरेको डिजिटल नक्सा लगाएतका प्राविधिक वस्तुहरू मालपोत कार्यालय लहानलाई हस्तान्तरण गर्दै कित्ताकाट औपचारिक रूपमा धनगढीमाईमा खुलेको नगर प्रमुख शिव शंकर महतोले जानकारी दिनु भयो । नितिगत निर्णय नगरपालिकाले पौष महिनामै गरेतापनि बिभिन्न कारणले कार्यान्यनमा आउन नसकेको अवस्थामा हाल कित्ता काट खुलेकोले नगरबासीलाई जग्गा खरिद बिक्रीमा सहज हुने नगर उप प्रमुख संगिता चौधरी बताउनु हुन्छ ।

धनगढीमाई नगरपालिकाको भू-उपयोग तथा जग्गा बर्गिकरण भएको कागजात हस्तान्तरण कार्यक्रममा नगर प्रमुख शिव शंकर महतो, उप प्रमुख संगिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले , वडा अध्यक्षहरु कार्यपालिका सदस्य र संचारकर्मीहरुको उपस्थितिमा मालपोत कार्यालयका कार्यालय प्रमुख दिपेन्द्र चौधरी र नापी कार्यालयका सर्वेक्षक मनोज यादब र मागैन महतोलाई नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सामुहिक रुपमा कागजात हस्तान्तरण गर्नु भएको भूमि इकाई शाखा प्रमुख संजय कुमार चौधरीले जानकारी दिनु भएको छ । पालिका भित्रका जग्गा सम्बन्धी झमेलालाई सहज तरिका बाट तार्किक निश्कर्षमा पुगाउन अहम भूमिका निर्वाह गरेका सञ्जय चौधरीको अथक परिश्रम र प्रयासबाट आज देखि कित्ता काट खुलेकाे खवरले स्थानिय खुशी भएका छन ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१