Siraha Times
ताजा समाचार

सञ्जय चौधरीको अथक प्रयासपछी कित्ता काट शुरु

  • असार १२, २०८०
  • १६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ़ १२ । सिराहाको धनगढीमाई नगरपालिकाको भू उपयोग योजना तथा जग्गा बर्गिकरण गरि आज देखि जग्गाको कित्ताका शुरु भएको छ । धनगढीमाई नगरपालिकाको भू-उपयोग मापदण्ड,२०८० अनुसार भू-उपयोग योजना जग्गा बर्गिरकरण गरि डिजिटल डाटा र अध्यावधि गरेको डिजिटल नक्सा लगाएतका प्राविधिक वस्तुहरू मालपोत कार्यालय लहानलाई हस्तान्तरण गर्दै कित्ताकाट औपचारिक रूपमा धनगढीमाईमा खुलेको नगर प्रमुख शिव शंकर महतोले जानकारी दिनु भयो । नितिगत निर्णय नगरपालिकाले पौष महिनामै गरेतापनि बिभिन्न कारणले कार्यान्यनमा आउन नसकेको अवस्थामा हाल कित्ता काट खुलेकोले नगरबासीलाई जग्गा खरिद बिक्रीमा सहज हुने नगर उप प्रमुख संगिता चौधरी बताउनु हुन्छ ।

धनगढीमाई नगरपालिकाको भू-उपयोग तथा जग्गा बर्गिकरण भएको कागजात हस्तान्तरण कार्यक्रममा नगर प्रमुख शिव शंकर महतो, उप प्रमुख संगिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले , वडा अध्यक्षहरु कार्यपालिका सदस्य र संचारकर्मीहरुको उपस्थितिमा मालपोत कार्यालयका कार्यालय प्रमुख दिपेन्द्र चौधरी र नापी कार्यालयका सर्वेक्षक मनोज यादब र मागैन महतोलाई नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सामुहिक रुपमा कागजात हस्तान्तरण गर्नु भएको भूमि इकाई शाखा प्रमुख संजय कुमार चौधरीले जानकारी दिनु भएको छ । पालिका भित्रका जग्गा सम्बन्धी झमेलालाई सहज तरिका बाट तार्किक निश्कर्षमा पुगाउन अहम भूमिका निर्वाह गरेका सञ्जय चौधरीको अथक परिश्रम र प्रयासबाट आज देखि कित्ता काट खुलेकाे खवरले स्थानिय खुशी भएका छन ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१