Siraha Times
ताजा समाचार

कमला पुल निर्माणकाे काम अगाडि नबढ्दा चिंतित भए वरिष्ट पत्रकार

  • असार ११, २०८०
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ ११ । धनुषा र सिराहा जिल्लाको सीमानाको रुपमा रहेको सिराहाको पक्षमी भागमा भासिएको कमला पुल पुनर्निर्माण यती बेला ठप्प रहेको देखिन्छ । वर्षा शूरु भएपछी नदीमा पानीको बहाव बढेपछि काम गर्न असहज परिस्थितिको निर्माण हुँदा तत्काललाई काम ठप्प हुँदा सिराहाका वरिष्ट पत्रकार देव कुमार यादव चिंतित हुनु भएको हो । उद्दघाटन अगावै भासिएको कमला नदीको पुलको वारेमा बारम्बार सिराहाका वरिष्ट पत्रकार देव कुमार यादवले निकायलाई ध्यानाकर्षण गराईरहँदा तत्कालिन नेपाल सरकारका मन्त्री नारायण काजी श्रेष्ठले स्थलगत अनुगमन गरें ।

पुलको वारेमा हरदम चिंतित हुदैं विहान वेलुका स्थलगत अनुगमन र मूल्यांकन गर्दै आम नेपालीलाई पुलको वारेमा जानकारी गराउँदै आएका पत्रकार देव कुमार यादव यतीबेला सिरहामा चर्चाका पात्र बनेका छन उनका अनुसार कमला नदीमा पुल नहुँदासम्म जोखिम र पीडा भइरहने अवस्था रहेको देखिन्छ । संक्षिप्त कुराकानीमा वरिष्ट पत्रकार देव कुमार यादव भन्नुहुन्छ "कमला नदीमा बाढी आएको कारण अहिले पुनर्निर्माणको कार्य रोकिएको छ " आम जनताको आवत जावतमा सहजताका लागि कमला नदीको पुलले पर्यटन क्षेत्रमा ठूलो योगदानको सम्भावना बोकेकाे र समयमा निर्माण नहुँदा चिंतित बनेका हुन वरिष्ट पत्रकार देव कुमार यादव ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१