Siraha Times
ताजा समाचार

टोलबस्तिमा बाटो विस्तार गर्दै वडा अध्यक्ष

  • असार ९, २०८०
  • ९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ़ १०। सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं ११ का वाडा अध्यक्ष अशोक श्रेष्ठ ज्यूले वडामा बाटो विस्तार गर्दै अगाडि बढिरहनु छ । धनगढीमाई ११ को सोनापुरस्थित सडक करिव २० औं वर्षदेखि अलपत्र रहेको अवस्थामा सडक विस्तारको काम वाडा अध्यक्ष श्रेष्ठले अगाडि बढाउनु भएको छ । पुर्व पश्चिम राजमार्गसम्म आवत जावतमा सहजताका लागि स्थानिय गणेशमान चोकदेखि उत्तर श्रमजीवी बिद्यालयसम्म सडक विस्तारको काम थालीएको हो । नगरको बजेटबाट बाटो विस्तारको कामलाई मेयर शिशंकर महतोले प्रार्थमिकतामा राखेपछि वाडा अध्यक्ष अशोक श्रेष्ठ ज्यूले काम आगाडी बढाउनु भएको हो ।

राजमार्ग सम्म सहज पुग्नका लागि छोटो दुरीको रूपमा रहेको यस बाटोले एकातिर राजमार्ग सम्म पुग्नका लागि सहतापूर्वक आवत जावत हुने पक्का देखिन्छ भने अर्कोतिर ईलाका प्रहरी कार्यालय धनगढीसम्म पुग्नका लागि बाटो खुलाए पछि अब स्थानिय जनताले घुमाउरो बाटो हिड्नु पर्ने बाध्यता हटेको अवस्था रहेको देखिन्छ । बस्ती भित्रका बाटो विस्तार गर्दै गर्दा उनको विकास कार्यलाई रोकावट गराउने केही तत्वहरूले रोकावट गराउन खोजेपनि आम जनताको भावना अनुसार बाटो विस्तार गर्दै आउनु भएको वाडा अध्यक्ष श्रेष्ठको यतिवेला चौतर्फी चर्चा हुने गरेको पाइन्छ । बाटो करिब २५ लाख लागतमा निर्माण हुने वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१