Siraha Times
ताजा समाचार

बजेटको तालमेल प्रकृया अगाडि बढाईदै

  • असार ८, २०८०
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बाददाता अषाढ ८ सिराहा । पुरानो आर्थिक वर्षको समय समाप्त हुँदै गर्दा मधेस प्रदेशमा कुल बजेटको ३१ प्रतिशत मात्र खर्च हुन सकेको अवस्था रहेको देखिन्छ । सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३१.२९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकार तथा मातहतका मन्त्रालय तथा अन्य निकायले चालु आर्थिक वर्षको जम्मा २२ दिन बाँकी रहँदा बजेटको खर्च निराशाजनक रहेको देखिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० उपनियम १ र २ मा आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तीमा एक साता अगाडिनै भुक्तानी निकासा बन्द हुने प्रावधान रहेको छ साथै आउने असार २४ पछि सरकारी खाताबाट आर्थिक कारोबार हुँदैन ।

बजेट वर्षभरि लुकाएर राख्ने अनि अन्तिम चरणमा मन्त्रालयहरूले कामको गति चौगुना बढाएको देखिन्छ । आर्थिक वर्ष बित्नै लाग्दा अहिले पनि मन्त्रालयहरूले नयाँ कामको सम्झौता गरिरहेको देखिन्छ । मधेस सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेकोमा जेठ मसान्तसम्ममा १४ अर्ब ६८ करोड २ लाख ९० हजार ४७७ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको बाँकी २२ दिनमा मधेस सरकारलाई ३२ अर्ब २४ करोड ८ लाख ४१ हजार ५२३ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

असारे बजेट खर्चको अन ...

रहमुल लहान, १९ असार। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा स्थानीय तहहरूमा विकास निर्माणका काम, भुक्ता ...

बरैनिया बीओपीका प्रम ...

रंजित चौरसिया,वीरगंज १९ असार । सशस्त्र प्रहरी बल बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्त ...

सडक निर्माणमा लापरवा ...

रहमुल, लहान, १९ असार । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका–६ अन्तर्गत सितापुरदेखि नरगी हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१