Siraha Times
ताजा समाचार

ग्रामिण बस्तिमा सभापति यादव

  • असार ८, २०८०
  • ६२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेन्द्र यादब आषाढ ८ । मधेश प्रदेशको सिराहा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव आम जनताको भावनालाई कदर गर्दै गुनासो सुन्नका लागि ग्रामिण बस्तीमा पुग्नु भएको छ । सुखीपुर नगरपालिकाको विभिन्न वडाहरूमा औपचारिक रूपमा सभापती रामचन्द्र यादव ज्यूले आम जनतासँग भलाकुसारी गर्नु भएको हो । ग्रामिण स्तरमा विकास ओझेलमा पर्दै गएपछि आम जनतालाई आवस्यक पर्ने सडकमा वर्षाको समयमा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको भन्दै स्थानियले सभापति यादवलाई गुनासो पोख्नु भएको छ । कृषि क्षेत्रमा आम किसानले भोग्दै आएका समस्याहरूलाई स्थानिय जनप्रतिनिधिहरुले प्रार्थमिकतामा नराखेको भन्दै मल, बोर्डिङ लगायतको समस्याहरू समाधानको लागि पहल गर्नका लागि स्थानिय जनताहरूले पार्टी सभापतिको ध्यानाकर्षण गराउनु भएको छ ।

संक्षिप्त कुराकानीमा सभापति यादवले आम जनताको समस्यालाई बुझ्नका निम्ति आफू आजभोलि निरन्तर ग्रामिण क्षेत्रमा समय दिएको बताउँनु भएकाे छ । अन्य नेताहरूबाट आफूहरुको आस मरेको र विकासको नाममा ठगी गर्दै उपभोक्ता समितिमा आफ्नै मान्छेलाई राख्ने बानीले गर्दा विकाश भदौरे रूपमा अगाडि बढाउदा आफुहरुलाई चिन्ता परेको स्थानियको गुनासो रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१