ग्रामिण बस्तिमा सभापति यादव

  • असार ८, २०८०
  • ५०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेन्द्र यादब आषाढ ८ । मधेश प्रदेशको सिराहा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव आम जनताको भावनालाई कदर गर्दै गुनासो सुन्नका लागि ग्रामिण बस्तीमा पुग्नु भएको छ । सुखीपुर नगरपालिकाको विभिन्न वडाहरूमा औपचारिक रूपमा सभापती रामचन्द्र यादव ज्यूले आम जनतासँग भलाकुसारी गर्नु भएको हो । ग्रामिण स्तरमा विकास ओझेलमा पर्दै गएपछि आम जनतालाई आवस्यक पर्ने सडकमा वर्षाको समयमा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेको भन्दै स्थानियले सभापति यादवलाई गुनासो पोख्नु भएको छ । कृषि क्षेत्रमा आम किसानले भोग्दै आएका समस्याहरूलाई स्थानिय जनप्रतिनिधिहरुले प्रार्थमिकतामा नराखेको भन्दै मल, बोर्डिङ लगायतको समस्याहरू समाधानको लागि पहल गर्नका लागि स्थानिय जनताहरूले पार्टी सभापतिको ध्यानाकर्षण गराउनु भएको छ ।

संक्षिप्त कुराकानीमा सभापति यादवले आम जनताको समस्यालाई बुझ्नका निम्ति आफू आजभोलि निरन्तर ग्रामिण क्षेत्रमा समय दिएको बताउँनु भएकाे छ । अन्य नेताहरूबाट आफूहरुको आस मरेको र विकासको नाममा ठगी गर्दै उपभोक्ता समितिमा आफ्नै मान्छेलाई राख्ने बानीले गर्दा विकाश भदौरे रूपमा अगाडि बढाउदा आफुहरुलाई चिन्ता परेको स्थानियको गुनासो रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१