एक सय रुपैयाँको सामानमा राजश्व विरोध

  • असार ८, २०८०
  • ५१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०८ । पश्चिम नवलपरासीको महेसपुर भन्सार कार्यालयले भारतबाट एक सय रुपैयाँ भन्दा माथिको समान ल्याउदा भन्सार लिन थालेपछि यसको विरोध हुन थालेको छ । प्रदेश सभा सदस्य वैजनाथ कलवारले विरोध जनाएको भोलीपल्ट आज पुर्वमन्त्री तथा जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयस त्रिपाठीले पनि आपत्ति जनाउनुभएको छ ।

यो संगै तराईमा राजनिति गर्देै आएका ५ ओटा राजनैतिक दलले भन्सार शुल्कका विषयमा आपत्ति जनाउदै महेसपुर भन्सार कार्यालय अगाडी नाराबाजी गर्देै ज्ञापन पत्र पठाएका छन् । जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनता प्रगतिशिल पार्टी जप्रपाले आज महेसपुर भन्सार परिसरमा नाराबाजी गर्देै संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । यस्तो व्यवस्थाले गरिब निमुखा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस प्रकारको निर्णय तत्कालै फिर्ता लिन माग गरिएको छ ।

आजै दलहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको समेत ध्यानआर्कषण गराउदै यस प्रकारको व्यवस्था नहटाए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । यसैबिच जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयस त्रिपाठीले सिमा नाकामा गरिएको कडाई प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज परासीमा जनता प्रगतिशिल पार्टी नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा एक सय रुपैयाँ भन्दा माथिको समानमा भन्सार लिने विषय सुहाउदो नभएको बताउनुभयो ।

पुर्वमन्त्री समेत रहुनभएका त्रिपाठीले अर्बो पैसा उठाउन नसक्ने सरकारले जनतामाथि सय रुपैया माथिका समानमा भन्सार लगाउने विषय लामखुट्टेको टाउकोबाट राजश्व निचोर्ने प्रयास जस्तै भएको टिप्पणी गर्नुभयो । सरकारले जनतालाई करको भार बोकाउन खोजेको बताउदै त्रिपाठीले सय रुपैयामा देविदेउतालाई चढाउने प्रसाद पनि आउदैन् अनि कर लगाउने भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१