Siraha Times
ताजा समाचार

नवलपरासी जिल्ला कारागारमा हाल ४ सय ८२ जना कैदिबन्दि

  • असार ७, २०८०
  • ८७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ७ । जिल्ला कारागार नवलपरासीमा हाल ४ सय ८२ जना कैदिबन्दि रहेका छन् । देशका विभिन्न कारागारमा रहेका स्वदेशी तथा विदेशीको तुलनामा जिल्ला अदालत परासी र नवलपुर जिल्ला अदालतबाट सबैभन्दा बढि कैदि रहेको कारागार परासीका प्रमुख विनोद दतले बताउनुभयो । उहाँका अनुसार ४८२ जना कैदि बन्दिमध्ये ४१४ जना पुरुष, ६८ जना महिला र २ जना आश्रित महिला बालबालिका रहेका छन् । जसमध्ये सबैभन्दा धेरै जबर जस्तिकरणी मुद्धामा १२७ जनाले कैद सजाय काटिरहेका छन् भने बैदेशिक रोजगार सम्बन्धि मुद्धामा सबैभन्दा कम १ जना मात्र रहेका छन् ।

यसैगरी लागुऔषधमा १२३, कर्तव्यज्यान मुद्धामा १०६ जना, ठगी मुद्धामा १५, चोरीडकैतमा १४, मानव वेचविखनमा १२, जबरजस्ति करणी र हातहतियार खर खजानामा ९/९, बन तथा अपहरण मुद्धामा ८/८, ज्यान मार्ने उद्योगमा ७, बहुविवाहमा ५, सांगठानीत अपराधमा तथा किर्ते मुद्धामा ३/३ जना रहेको कारागार कार्यलयले जनाएको छ । यसैगरि लिङ्गगको अधारमा पुरुष कैदिमा २५७ जना र थुनुवामा १५७ जना रहेका छन् भने महिला कैदिमा ४१ र थुनुवामा २७ जना छन् । यस्तै गत आर्थिक वर्ष २०७८।७९ को अषाढ मसान्तसम्म ५०७ जना कैदि कारागारमा रहेका थिए । जसमा पूरुष ४३५ जना र महिला ७२ जना थिए ।

यता चालु आर्थिक वर्ष २०७९।८० को जेष्ठ महिनासम्म ३०० जना कैदि थपिएका छन् भने छुटेका तथा अन्यत्र सारिएका कैदि ३२५ जना रहेको जिल्ला कारागार कार्यालयका सुचना अधिकारी उमा गौतम आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१