ताजा समाचार

नवलपरासी जिल्ला कारागारमा हाल ४ सय ८२ जना कैदिबन्दि

  • असार ७, २०८०
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ७ । जिल्ला कारागार नवलपरासीमा हाल ४ सय ८२ जना कैदिबन्दि रहेका छन् । देशका विभिन्न कारागारमा रहेका स्वदेशी तथा विदेशीको तुलनामा जिल्ला अदालत परासी र नवलपुर जिल्ला अदालतबाट सबैभन्दा बढि कैदि रहेको कारागार परासीका प्रमुख विनोद दतले बताउनुभयो । उहाँका अनुसार ४८२ जना कैदि बन्दिमध्ये ४१४ जना पुरुष, ६८ जना महिला र २ जना आश्रित महिला बालबालिका रहेका छन् । जसमध्ये सबैभन्दा धेरै जबर जस्तिकरणी मुद्धामा १२७ जनाले कैद सजाय काटिरहेका छन् भने बैदेशिक रोजगार सम्बन्धि मुद्धामा सबैभन्दा कम १ जना मात्र रहेका छन् ।

यसैगरी लागुऔषधमा १२३, कर्तव्यज्यान मुद्धामा १०६ जना, ठगी मुद्धामा १५, चोरीडकैतमा १४, मानव वेचविखनमा १२, जबरजस्ति करणी र हातहतियार खर खजानामा ९/९, बन तथा अपहरण मुद्धामा ८/८, ज्यान मार्ने उद्योगमा ७, बहुविवाहमा ५, सांगठानीत अपराधमा तथा किर्ते मुद्धामा ३/३ जना रहेको कारागार कार्यलयले जनाएको छ । यसैगरि लिङ्गगको अधारमा पुरुष कैदिमा २५७ जना र थुनुवामा १५७ जना रहेका छन् भने महिला कैदिमा ४१ र थुनुवामा २७ जना छन् । यस्तै गत आर्थिक वर्ष २०७८।७९ को अषाढ मसान्तसम्म ५०७ जना कैदि कारागारमा रहेका थिए । जसमा पूरुष ४३५ जना र महिला ७२ जना थिए ।

यता चालु आर्थिक वर्ष २०७९।८० को जेष्ठ महिनासम्म ३०० जना कैदि थपिएका छन् भने छुटेका तथा अन्यत्र सारिएका कैदि ३२५ जना रहेको जिल्ला कारागार कार्यालयका सुचना अधिकारी उमा गौतम आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सातौ मेयर गोल्डकप–२० ...

ओम प्रकाश यादव लहान, कार्तिक ९ । सप्तरीमा कार्तिक १ गतेदेखि सञ्चालन भएको ‘सातौ मेयर गोल्ड ...

जसपा नेपाल नरहा–२ मा ...

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–२ मा वडा ...

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤