Siraha Times
ताजा समाचार

महेशपुर नाका पनि १०० भन्दा बढीको समान ल्याउँदा भन्सार लाग्ने

  • असार ७, २०८०
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ असार ७ । भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि । उद्योगी व्यवसायी सुरक्षा निकायका प्रमुख भन्सारका अधिकारी सहितको बैठक पछि पश्चिम नवलपरासीका सिमा नाका बाट पनि एक सय रूपैयाँ भन्दा माथिका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेका छन् । पश्चिम नवलपरासीको महेशपुर,रूपन्देहीको बेलहिया,नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको हो । घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय ठुठीबारी, सुनौली र नौतनवा, बजार पुग्ने गर्छन् ।भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो ।

एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानूनी प्रावधान छ । तर, व्यावहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन । भन्सार नतिरी सामान भित्रिन नदिन पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् । महेशपुर भन्सार कार्यालय प्रमुखका बुद्धि कुमार चुँडालले भन्सार नतिराई कुनै पनि सामान नछाडिएको बताए । ‘नाकामा स–साना समान ल्याउनलाई कडाइ गरिएको छ,’ चुँडालले भने, ‘खुला क्षेत्रबाट हुने चोरी तस्करीलाई पनि कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१