अनिवार्य गरिएको भन्सार दस्तुर पुनःविचार होस्ः साँसद कलवार

  • असार ६, २०८०
  • ६२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०६ । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले एक सय रुपैयाभन्दा वढीमूल्य पर्ने मालबस्तुमा अनिवार्य गरेको भन्सार दुस्तुरका विषयमा आफ्नो धानाकर्षण भएको बताउनु भएको छ । सिमाक्षेत्रमा वस्ने नागरिकहरुकालाई भन्सार दस्तुरले समस्या पर्ने वताउँदै केन्द्रमा बसेर नीति निर्माण गर्ने तहले हचुवाको भरमा भन्सार दस्तुर अनिवार्य गर्नु व्यवहारिक नभएको साँसद कलवारले ज्ञापन पत्र मार्फत प्रधानमन्त्री र अर्थमन्त्रीको धानाकर्षण गराउनु भएको हो । साँसद कलवारले आम्दानीको मुख्य श्रोत राजश्व संकलन भएको स्वीकार गर्दै सरकारले गरेको निर्णय व्यवहारिक नभएको बताउनु भयो ।

उहौले भारत र नेपालमा सदियौंदेखिको रोटि—बेटीको सम्बन्ध, सास्कृतिक र धार्मिक सम्बन्धलाई ध्यानमा राखेर भन्सार दस्तुरमा पुनःविचार गर्न आज नवलपरासीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउनु भएको हो । नेपाल सरकारका अर्थमन्त्री प्रकाश शरण महतले आ.ब. २०८०।०८१ को बजेट भाषणमा एक सय रुपैयाभन्दा वढी मूल्य पर्ने सामानमा अनिवार्य भन्सार दस्तुर लाग्ने घोषणा गर्नु भएसँग सिमानामा कडाई गरिएको छ । नेपालमा एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानुनी प्रावधान रहेकोछ तर त्यसलाई व्यावहारिक पक्षभन्दै छुट दिने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

अल्ट्रा अभियानका सञ् ...

रंजित चौरसिया,वीरगंज १० भदौ । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंजका आधिकारिक प्रोपराईटर ...

मकवानपुरमा भारतीय सु ...

ओम प्रकाश यादव लहान भदौ ८ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त ...

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१