ताजा समाचार

प्रकृतिको दोहन नरोकिए विनाश हुने ः प्रदेश प्रमुख कायस्थ

  • फागुन ११, २०७५
  • ८८४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह फाल्गुन ११ गते प्रकृतिको दोहन नरोकिए पृथ्वीका सम्पुर्ण प्राणीको विनाश हुने प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गान्धी शान्ति प्रतिष्ठान नेपाल, पिपल निम तुल्सी, उज्जवल भारत मिशन, हिस्ट्री एण्ड हेरिटेज टुरिज्म र सेभ हिस्टोरिकल जनकपुरको सँयुक्त आयोजनामा जनकपुरमा शनिवार आयोजित गान्धी वातावरण योद्धा सम्मान समारोहको उद्धघाटनका क्रममा प्रदेश प्रमुखले प्रकृति संरक्षणतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन । पृथ्वीका प्राणीहरुको सीधा सम्बन्ध प्रकृतिसँग रहेको र दुवै एक अर्काका परिपुरक भएकोले मानव तथा प्राणीको जिवनयापनका लागि वातावरणको विनाश रोक्नुपर्ने बताएका छन । पृथ्वीमा सबैभन्दा बुद्धिजिवी प्राणीको रुपमा मनुष्य रहेकोले प्रकृतिको सँरक्षण तथा वातावरणको सुरक्षा गर्ने जिम्मेवारी पनि मानवहरुको नै रहेको बताएका छन ।

मन्तव्यका क्रममा प्रदेश साँसद तथा सेभ हिस्टोरिकल जनकपुरका सँयोजक राम अशिष यादवले कर्म गर्दै जानु र सम्मानको चिन्ता नगर्न अभियानीहरुलाई सल्लाह दिएका छन । उनले पोलोथिनको प्रयोगले पर्यावरण प्रदुषित हुने र प्रदुषित वातावरणले रोगीको सँख्यामा बृद्धि हुने धारणा राखेका छन । कार्यक्रममा बोल्दै गणेश रायले मानवलाई २४ घण्टामा बाँच्नका लागि कम्तीमा पनि ५ हजार ३०० रुपैया बराबरको अक्सिजन बोटबिरुवाबाट प्राप्त भईरहेकोले रुख बिरुवा लगाउनुपर्ने र सँरक्षण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । त्यस्तै उनले प्रकृति र बोटबिरुवाले कसैलाई पनि अक्सिजन दिन भेदभाव नगरेकोले मानवलाई पनि एकजुट भई प्रकृति सँरक्षणमा जुट्नुपर्ने आवश्यक्ता रहेको धारणा राखे ।

यस्तै कार्यक्रममा भारत उत्तर प्रदेश बनारसका टि के सिन्हाले बिरुवा लगाउन जति सजिलो भएपनि हुर्काउन र सँरक्षण गर्न उत्तिकै चुनौती हुने रहेको बताए । उनले ग्लोबल वार्मिङलाई कसरी कम गर्न सकिन्छ तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उत्तर प्रदेश कानपुरका आकाँक्षा सिँहले पर्यावरणको रक्षा गर्न नसके अबको केही बर्षपछि अक्सिजनको सिलिण्डर बोकेर हिड्नुपर्ने बाध्यता आउने दावी गरिन । नेपाल, भारत, बँगलादेश र श्रीलँका गरी चार देश सम्मिलित उक्त कार्यक्रममा चारै देशमा वातावरण सँरक्षण तथा स्वच्छता अभियानमा सँलग्न रहेका हरुलाई सम्मान गरिएको छ । साथै अभियानीहरुलाई पोलोथिनको प्रयोग कम गर्न सुझाव दिँदै कपडाको झोला समेत वितरण गरिएको थियो । कार्यक्रममा राजस्थान जोधपुरका प्रदिप शर्मा, बब्लु सिँह, झारखण्डका ओम प्रकाश महतो, मध्य प्रदेशका डा. शान्तिलाल जयन्ती, गाजियावादका मिनु सिँह पवार, बिहार समस्तीपुरका अनमोला कुमारी भारद्धाज, नेपालका मिना सुवेदी , डा. भोगेन्द्र झा सहितले आ–आफ्नो मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤