ताजा समाचार

मानव बस्तिस्थित पोखरीमा फेला प¥यो गोही

  • चैत २०, २०७४
  • १५६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २०। गोही एउटा यस्तो जिव हो जो पानीमा बस्न रुचाउँछ । पानी भन्ने वित्तिकै बगिरहने पानी अर्थात नदीमा प्राय पाइने यो जिव मानव बस्तिस्थित पोखरीमा फेला परेको भन्दा जो कोही पनि एकक्षण आश्चर्यमा पर्न सक्छन् ।  हो, सोमबार दिउँसो एउटा गोही सप्तरीको एक पोखरीमा जिवित्तै फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका योगिनियास्थित बस्ति नजिकै  रहेको एक पोखरीमा फेला परेको हो ।  पोखरीमा माछा मार्न हालिएको महाजालमा एउटा ठूलो माछा परेको भन्दै नजिक गएर स्थानियहरुले देखेपछि एकक्षण त्रसित भएका थिए । माछासँगै ठूलो जिव जालोमा परेपछि स्थानियहरु तुरुन्त प्रहरीलाई खबर गरेका थिए । प्रहरी पोखरीमा पुगेपछि सो जिव गोही भएको भन्दै जिल्ला वन कार्यालय सप्तरीलाई खबर गरेका थिए । 

वन कार्यालयबाट गएको एक टोलीले गोहीलाई आफ्नो नियन्त्रणमा लिई राजविराजस्थित कार्यालयमा ल्याएको कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिए ।  कार्यालयमा ल्याइएको गोहीको तौल करिब ३२ किलो, लम्बाई ५ फिट १० इन्च र मोटाई २७ इन्च रहेको कार्यालय प्रमुख सिंहले बताए ।  बगिरहने पानीमा मात्र फेला पर्ने गोही पोखरीमा कसरी फेला परेको भन्ने विषयमा प्रमुख सिंहसँग जिज्ञासा राख्दा उनले भने, “गत साउन, भदौ महिनामा जिल्लामा आएको बाढीको बेला कोशीबाट बगेर आएको हुन सक्छ ।” उनले भने, “गोही अत्यन्त चलाख जिव भएकोले भिंडभाड भएको अवस्थामा यो पानीबाट हतपत निस्कदैन् ।” 
झण्डै आठ महिनासम्म पोखरीमा रहेको बेला कसैले नदेख्नु पनि आश्चर्य रहेको भन्दै स्थानियहरुले सो अवधीमा झण्डै एक सय वटा हाँस सोही पोखरीबाट हराएको बताएका छन् । हाँस हराएको सम्बन्धमा स्थानियहरुले एक अर्कालाई चोरी गरेको आरोप समेत लगाउँदै आएका थिए । तर, सोमबार गोही पोखरीबाट फेला परेपछि हराएको हाँस सोही गोहीले खाएको हुनसक्ने आंशका समेत पुष्टि भएको स्थानियहरु बताउँछन् ।  यता जिल्ला वन कार्यालय सप्तरीले ल्याइएको गोहीलाई सोमबार साँझ कोशी ब्यारेजमा लगेर छोडिएको प्रमुख सिंहले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤