मुस्लिम महिला शसक्तिकरण कार्यक्रमको उद्घघाटन

  • असार ६, २०८०
  • ७३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ६ । सिराहा जिल्लाको भगवानपुर गाउँपालिकामा पहिलो पटक मुस्लिम समुदायको महिलाहरुलाई सवलीकरण गराउने उद्देश्यले शसक्तिकरण कार्यक्रमको उद्घघाटन गरीएको छ । एकता बिकास सहयोगी नेपाल लहान ८ को साझेदारी र भगवानपुर गाउँपालिकाको सहयोगमा आयोजीत कार्यक्रममा करिव १२५ मुस्लिम समुदायको महिलाहरु सहभागि भएका थिए । संस्थाका अमरेन्द्र सिंहको अध्यक्षता र पालिका अध्यक्ष उग्र नारायण यादव ज्यूकाे प्रमूख आथित्यमा आयोजित कार्यक्रममा स्थानिय समाजसेवी , बुद्धिजीवी , पत्रकार लगायतको उपस्थितिमा पहिलो पटक वाडा नंबर १ र २ का मुस्लिम समुदायको महिलाहरुलाई कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तब्य मार्फत प्रशिक्षक निर्मला दाहालले स्वागत गर्नुभएको थियो । पानसमा दीप प्रज्वलन गरी पालिका अध्यक्ष उग्र नारायण यादव ज्यूले कार्यक्रमको व्यानर खोल्दै पढेर उद्घाघाटन गर्नुभएको थियो । कार्यक्रममा सहभागी अथिती गणलाई खाँदा ओढाएर संस्थाकी अध्यक्ष बिनिता चौधरीले सम्मान गर्नु भएको थियो । करिब १ बजे उद्घघाटन गरी औपचारिक रूपमा शुरू गरिएकाे कार्यक्रममा सहभागी सबैलाई लगातार तालिम प्रदान गरिएको थियो ।

वर्तमान २१ औं सताब्दीमा राज्यको कानुन र संविधानको बारेमा जानकारी गराउने तथा महिलाहरुलाई आत्म निर्भर र सार्वजनिक सूचना लगाएतका सामाजिक सुरक्षा सहित आत्म बल बढाउने किसिमले तालिम आगाडी बढाइने आयोजकले जनाएको छ । भगवानपुर गाउँपालिकामा आफूले पहिलाे पटक मुस्लिम समुदायको महिलाहरुलाई सवलीकरण गराउने उद्देश्यले आयोजित कार्यक्रमको उद्घघाटन गर्न पाएकोमा खुसी महसुस भएको पालिका अध्यक्ष उग्र नारायण यादव ज्यूले बताउनु भएको छ । तालिम बाट बाहिरिने क्रममा सहभागिहरुले आजको तालिमले आफूहरुमा नयाँ उर्जा थपिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

७ दिने नाटक तालिम “अ ...

संजू कुमारी दास, लाहान असार ३, । गोलबजार नरपालिकाको विभिन्न वडाका किशोरी समुह, बालक्लबका १६ जना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१