Siraha Times
ताजा समाचार

दलित मुसहर बस्तीमा आगोको त्रास

  • असार ५, २०८०
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ५ । सिरहाको धनगढीमाई ११ बालुवा टोलको दलित मुसहर बस्तीमा यतिबेला आगोको त्रास बढेको छ । करिब २२ घर रहेको उक्त बस्तीको एक घरमा आगो लागेर एक घर पुर्णतया जलेर नष्ट भएपछि उक्त घरको आर्थिक स्थिति कमजोर भएको कारण दाताले अर्को घर बनाएपछि बस्तीका मानिसहरू खुशी नै थिए तर केही दिनदेखि बस्तीका अन्य घरहरूमा आफै आगो लाग्ने अवस्थाका कारण स्थानिय मानिसहरू भयबित र त्रसित देखिएका हुन । प्राय सबै घरमा आग लागि स्वतः हुने अवस्थाका कारण गरीब दलित र विपन्न उक्त बस्तीमा यतिबेला ठूलो संकट परेको देखिन्छ । सबै गाउँलेहरू एकै ठाउँमा भेला भएर कोही जाग्राम बस्ने त कोही सुत्ने गरेकाे अवस्था रहेको देखिन्छ ।

बस्तीको एक करिब ३० वर्षीया महिला एक्लै बाहिर निस्कँदा उनको शरिरको लुगामा आगो लाग्ने गरेको अवस्था रहेको देखिन्छ । बस्तीमा आपसे आप आगो लाग्ने अवस्थाको कारण स्थानियले आफ्ना परम्परा अनुसार पूजापाठ समेत गरेकाे पाइन्छ तर दैविक शक्तिको कारणले आफूहरुले दुःख पाइरहेका स्थानियको भनाई रहेको छ । त्रसित दलित मुसहर बस्तीमा यतिबेला बास्तविक बस्तुस्थिको बारेमा जान्न र बुझ्न नगरपालीका धनगढीमाई आगाडी आउन चाहेका छैनन् भने जिल्ला प्रहरी कार्यालय सिरहामा टेलिफोन सम्पर्ग गर्दा इलाका प्रहरी कार्यालय धनगढी मार्फत् सहकार्य गर्ने जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१