हरियाली अभियानका साथ अमित ठकुरी

  • असार २, २०८०
  • ५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ २ अमिल्टार । मधेश प्रदेशको सिराहा जिल्लाको उत्तरी भेगमा रहेको धनगढीमाई १४ मा वातावरणीय प्रभावको न्यूीकरणका लागि वाडा अध्यक्ष अमित ठकुरी ज्यूको विशेष पहलमा हरियाली कार्यक्रम अन्तर्गत बिरुवा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकाश कार्यक्रम कार्यान्वयन ईकाई सलकपुर मोरङको सहयोग तथा धनगढीमाई १४ को आयोजनामा भएको कार्यक्रममा स्थानीयलाई फलफूलका बिरुवाहरू वितरण गरिएको हो । "चुरेको माटो चुरेको सफा पानी सबैलाई " भन्ने मूल नाराका साथ आयोजीत कार्यक्रममा नदी तथा खोला किनारा स्थियिकरण ब्यबस्थापन कार्यक्रम अन्तर्गत हरियाली प्रवर्धनका लागि स्थानिय समुदायमा फलफूल बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको कार्यक्रममा आँप, कटहर, कागती ,लिची लगायतका बिरुवाहरु वितरण गरिएको हो ।

शनिवार विहान करिव ९ बजेको समयमा जम्मा भएका स्थानिय समुदायका मानिसहरुलाई वाडा अध्यक्ष अमित ठकुरी ज्यूले बिरुवा हस्तान्तरण गर्नु भएको थियो । स्थानीय समाजसेवी गोकुल पोखरेलको उपस्थितिमा भएको वितरण कार्यक्रममा स्थानीय समाजसेवी,बुद्धिजीवी , राजनीतिकर्मी लगायतको उपस्थितिमा बिरुवा वितरण गरिएको थियो । वाडा अध्यक्ष अमित ठकुरी ज्यूले कार्यक्रमको उद्घाटन वाडा कार्यालय परिसरमा गरेपछि औपचारिक रूपमा बिरुवा वितरण थालिएको थियो । बंवई, माल्द, लगायतका आपका बिरुवाहरू वितरण गरिएको थियो ।

प्रचण्ड गर्मीको समयमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आम स्थानीयसँग घाममा उभिएर सहभागी सबैलाई बिरुवा वितरण गर्नु भएको थियो । स्थानीय गोकुल पोखरेल ज्यूको समेत सहयोग रहेको उक्त कार्यक्रमबाट स्थानिय खुशी देखिएका हुन । आफ्ना वडालाई वातावरणीय प्रदूषणबाट मुक्त राख्नका लागि वाडा अध्यक्ष अमित ठकुरी ज्यूले अगाडि बढाएको कार्यक्रम फलदायी रहेको स्थानिय युवा तथा समाजसेवि संजीव बुढाथोकी वताउनु हुन्छ ।

वाडा अध्यक्ष अमित ठकुरी ज्यूले आम स्थानियको भावनालाई बुझेर सबैलाई पाएक पर्ने हिसाबले बिरुवा वितरणको बातावरण मिलाउनु भएकोमा उहाँको सराहनिय कार्य बाट सबैतिर सकारात्मक सन्देश पुग्नलाई सहयोग पुगेको सहभागीहरुले बताएका छन । हरियाली अभियानका लागि आयोजित उक्त कार्यक्रमले वडामा सकारात्मक सन्देश प्रवाह भएको आम बुझाइ रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१