Siraha Times
ताजा समाचार

समाजिक कार्य गर्दै सभापति यादव

  • असार २, २०८०
  • ६९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ २ । सिराहाको धनगढीमाईमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले सामाजिक कार्यलाई अगाडी बढाउनु भएको छ । पछिल्लो समय सामाजिक विकासका कार्यमा आफ्ना गहिरो ध्यान केन्द्रित गराउनु भएका यादवले समाजका हरेक पक्षलाई नियाल्दै आम जनताको टोल बस्तीमा पुगेर विकासका काममा आफ्ना पाईलाहरु आगाडी बढाईरहनु भएकाे छ । धनगढीमाई वार्ड न ५ स्थित रहेको श्री आधारभुत बिधालय तैतिसबिगहामा पुगेर हालै २ कोठे भवनको सिल्यानास गर्नू भएको छ । संक्षिप्त कुराकानीमा सभापति यादवले समाजमा आम जनताले भोगिरहेको सास्तीलाई आफूले नजिकबाट नियालेको अवस्था रहेको हुनाले आफू जनताको कार्यलाई लगातार ध्यान दिएर अगाडि बढाउने विश्वास दिलाउनु भएको छ । पछिल्लो समय नगरमा विकासका कार्यहरू ओझेलमा पर्न थालेपछि आम जनताको गुनासोलाई सकारात्मक रूपमा लिएर अघि बढिरहेका यादवले नगरका हरेक विकाश तर्जुमाका बारेमा आफ्नो ध्यान केन्द्रित गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१