समाजिक कार्य गर्दै सभापति यादव

  • असार २, २०८०
  • ५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ २ । सिराहाको धनगढीमाईमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवले सामाजिक कार्यलाई अगाडी बढाउनु भएको छ । पछिल्लो समय सामाजिक विकासका कार्यमा आफ्ना गहिरो ध्यान केन्द्रित गराउनु भएका यादवले समाजका हरेक पक्षलाई नियाल्दै आम जनताको टोल बस्तीमा पुगेर विकासका काममा आफ्ना पाईलाहरु आगाडी बढाईरहनु भएकाे छ । धनगढीमाई वार्ड न ५ स्थित रहेको श्री आधारभुत बिधालय तैतिसबिगहामा पुगेर हालै २ कोठे भवनको सिल्यानास गर्नू भएको छ । संक्षिप्त कुराकानीमा सभापति यादवले समाजमा आम जनताले भोगिरहेको सास्तीलाई आफूले नजिकबाट नियालेको अवस्था रहेको हुनाले आफू जनताको कार्यलाई लगातार ध्यान दिएर अगाडि बढाउने विश्वास दिलाउनु भएको छ । पछिल्लो समय नगरमा विकासका कार्यहरू ओझेलमा पर्न थालेपछि आम जनताको गुनासोलाई सकारात्मक रूपमा लिएर अघि बढिरहेका यादवले नगरका हरेक विकाश तर्जुमाका बारेमा आफ्नो ध्यान केन्द्रित गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१