सिराहा: अर्नमा गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

  • असार २, २०८०
  • ५७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असार १ गते । सिराहाको अर्नमा गाउँपालिकाले आज असार १ गते शुक्रवारका दिन आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरको छ । सिराहाको १७ पालिकामध्ये सिराहामा यस चालू आ. व. मा पहिलो पल्ट गाउँसभा गर्ने पालिका अर्नमा गाउँपालिका हो । "शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता" , समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिवद्धता" नाराका साथ अर्नमा गाउँपालिकाले दोस्रो गाउँ सम्पन्न गरेको छ। अर्नमा गाउँपालिका पछिल्लो समयमा जनतामुखी कामकाज गरेर सिरहा जिल्ला मै नमुना पालिका बन्न पुगेका छन् । पालिकाले जारी गरेको तथ्यांक अनुसार कार्य सम्पादन मूल्याकंनमा सिरहाकै पहिलो र मधेश प्रदेशका चौथो हुन सफल अर्नमा गाउँपालिका हुन् ।

गाउँपालिकाको समग्र विकास गर्न तथा "शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिबद्धता "" नाराका साथ पालिकाले आज आफ्नो नीति तथा कार्यक्रममा समावेश हुने गरी गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले प्रस्तुत सार्वजनिक गरेको छ । यो सँगै आ.व. २०८०।०८१ मा अर्नमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशुपालन, पर्यटन तथा संस्कृतिक , सहकारी नीति, राजस्व परिचाल, आन्तरिक नियन्त्रण तथा लेखापरिक्षण, पुल सडक बाटोघाटो निर्माण, भवन तथा शहरी विकास नीति, वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धि नीति, फोहोरमैला व्यवस्थापन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वित्तिय व्यवस्थापन, न्याय सम्पादन, सूचना तथा सञ्चार व्यवस्थापन, सार्वजनिक सेवा तथा संगठन लगायतका विषयमा बजेट विनियोजन गरिने अर्नमा गाउँपालिकाको प्रशासकीय प्रमुख कृष्णान्नद सिँहले बताउनुभयो ।

साथै , नीति तथा कार्यक्रमको प्राथमिकताका रुपमा सामाजिक विकासतर्फः शिक्षा र स्वास्थ्य, आर्थिक विकास क्षेत्रका कृषि ,पशु विकास सहकारी, भौतिक पूर्वाधर, सिचाइ, र रोजगारी सिर्जना, नीतिगत, सार्वजनिक सेवा प्रवाहमा सुधार र सार्वजिनक खर्चमा वित्तिय अनुशासन तथा पारदर्शिता, बालबालिकाको हित संरक्षण एवम् महिला सशक्तिकरण र क्षमता विकास, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक धरोहरहरुको संरक्षण र प्रवर्द्धन, सरसफाई र वातावरणीय स्वच्छता अभिवृद्धि, बन बातावरण तथा विपद् व्यवस्थापन, अन्य सरकारी निकाय, गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्यलाई राखिएको बताइएको छ । सरकारको एने र कानून अनुसारको ढाँचामा आधारित स्थानीय सरकार सञ्चालनको प्रयास अर्नमा गाउँपालिकाले सूरु गरकोले स्थानीयहरु खुशी छन् ।

यता, पालिकाले बजेट विनियोजको कार्यक्रम प्रस्तुतिकरण असार ५ गतेको लागि तय गरेको छ । स्थानीय सरकारको अनुभुती गराउने गरी गाउँपालिकाको कार्यक्रम बजेट विनियोजन गरेको हो । अर्नमा गाउँपालिकाले सरकारको नियम कानुनको दायरामा रही आफ्ना सम्पूर्ण कार्य तिव्र गतिमा गरिहेकोले गाउँवासिका सर्मथन र साथ सदैव रहने रहदै आएको विश्वास पालिका अध्यक्ष यादबले बताएका छन् । अत: अर्नमा गाउँपालिकाले हाल सम्मको प्रमुख उपलब्धीहरुः तल अनुसारका छन्।

१. प्रशासनीक भवन चालु आ.व.मा सम्पन्न हुने गरी निर्माणाधिन रहेको छ ।

२. प्राथमिक अस्पताल सञ्चालनमा आएको छ ।

३. १५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।

४. जनशक्ति व्यवस्थापनको कार्यमा प्रगति भएको छ ।

५. पर्यटकीय स्थलको लागि पोखरीमा सौन्दर्यकरणका सम्भाव्यता अध्ययन भएको छ ।

६. विधालयमा पूर्वाधार विकास निर्माणका सुनिश्चितता भएको छ ।

७. सिंचाईका लागि बोंडिङ्ग जडान भएको छ ।

८. लैङ्गिक समानता सामाजिक समावेशिकरण कार्यक्रम मार्फत सशक्तिकरणमा उल्लेख्य टेवा पुगेको छ ।

९. सार्बजनिक सेवाप्रवाह जनमैत्री तथा जनता को नजिक रहेर सेवा गर्ने संस्कारको बिकाश भएको छ ।

१०. पर्यटकिय क्षेत्र, धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको सम्भाव्यता अध्यनको कार्य अगाडी बढिसकेको छ ।

११. बजार व्यवस्थापनको वैज्ञानिक मोडलको अध्यन शुरु हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१