बहुक्षेत्रिय पोषण कार्यक्रम सम्पन्न

  • जेठ ३२, २०८०
  • ५६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बबिता मण्डल जेठ ३२ । सिरहाको धनगढीमाई १४ मा एक दिने पोषण अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष अमित ठकुरी ज्यूको अध्यक्षता र उपमेयर संगीता चौधरी जूको प्रमूख आथित्यमा आयोजित कार्यक्रम धनगढीमाई नगरपालिका महिला बालबालिका तथा समाज कल्याण साखा धनगढीको सहयोगमा आयोजना गरिएको थियो । कुपोषण चक्र तोड्न पोषण तथा बालविवाह निवारणका लागि अभिवाक तथा किशोरीलाई अभिमुखीकरण तथा परामर्श कार्यक्रम अन्तर्गत शुरू गरिएको कार्यक्रमको व्यानर पढेर वडा अध्यक्ष अमित ठकुरी ज्यूले उद्दघाटन गर्नुभएको थियो । वडा नं १४ को वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागी सबैलाई बालविवाह लगायतको विषय वस्तुमा व्यापक छलफल गरिएको थियो ।

बाक्लो स्थानिय महिला दिदि बहिनीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रशिक्षण बालविवाह लगायतको विषयमा शाखाका तर्फबाट नितु सिंहले दिनु भएको थियो । एउटै समयमा दुई फरक फरक विषयमा भएको कार्यक्रममा पोषणको बारेमा समेत प्रक्षिक्षण गरिएको थियो । कार्यक्रममा स्थानिय बुद्धिजीवी गोकुल पोखरेल, वडा सदस्य कुल बहादुर राउत लगायत व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु विजयनगरमा ...

कपिलवस्तु, ४ असोज । कपिलवस्तुको विजयनगर गाउँपालिकाका शिक्षकहरुले पनि गाउँपालिकामा ज्ञापन–पत्र ...

शिक्षक महासंघको आन्द ...

मनु यादव निरज/मध्यान्ह काठमाडौंः शिक्षक महासंघले आज पनि आन्दोलन जारी राखेको छ । सरकारले संसदमा पेस ग ...

नवराजपुरमा युवतीको र ...

सिरहाटाइम्स, असाेज ४। सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर ५ देवनगरमा एक महिला आफ्नै घरमा झुण्डिए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

Copyright © 2016 / 2023 - Sirahatimes.com All rights reserved

Website By : Hash Tech Logic