असारे देखावटी विकासमा भवन भत्काउँदै

  • जेठ ३१, २०८०
  • ६१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ३१ सरे अम्बास । मधेश प्रदेशका जिल्लाहरूमा असारे विकासको शुरुवात गरिएको छ । वर्षभरि बसेर बजेट पचाउने हिसाबले यतिबेला एकातिर बजेटको लागि दौडधुप शुरू भएकाे छ भने अर्कोतिर विभिन्न शिर्षकमा भ्याट बिलको बिगबिगी बढेको अवस्था रहेको देखिन्छ । कमिसनमा अडिटर मिलाएर बजेट पास गराउने पुरानो परम्पराको हालसम्म हाली मुहाली रहेको देखिन्छ । मधेश प्रदेशको राजधानी शहर जनकपुरमा बजेटको कमिसन खेलको लागि विभिन्न मन्त्रालयहरुमा सोर्स र फोर्सको चलखेल जारी रहेको अवस्थामा सिरहाको एक विद्यालयको भवन नियम विपरीत भत्काइएको छ । सिराहाको पदमपुरमा रहेको अाधारभुत प्रा बि पदमपुरले बिकल्प हुँदा हुदै पनि करिब १५ लाख मूल्य बराबरको संरचना भत्काई अर्को भवन बनाउन थालेकाे छ ।

भत्काउने क्रममा विद्यालयका भवन , शाैचालय र पर्खाल लगायतका भौतिक संरचना भत्काईएको अवस्था रहेको छ । विद्यालयमा रहेको दुई कोठे शाैचालयलाई करिब ६ लाखको लागतमा सबल नेपालले मर्मत गरेको वर्ष भएको छैन । बिद्यालयको उतर पूर्व दक्षिणतिर भवनको प्रसस्त ठाउँ छ । देशको अार्थिक अवस्था सुधार नहुदै भत्काउनु बनाउनुको के रहस्य हो ? खोजीनिति कस्ले गर्ने ? भवनको आबस्यकता नै थिएन भने किन बनाउनु पर्यो ? सिराहा नगरपालिकाको आधारभूत विद्यालय पदमपुरमा करिब ६ लाखको लागतमा निर्माण भएको आधुनिक चर्पी भत्काएर अर्को निर्माण कार्य थालिनु चरम लापरवाही र गैरकानुनी हुँदा हुँदै पनि कानुनलाई चुनौती दिँदै आएको केही व्यक्तिहरूको निहित स्वार्थका कारणले उक्त संरचनाको थालनी गरिनु चिन्ताको विषय भएको हुनाले निकायको ध्यानाकर्षण आजको आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरी–४ मा कांग्रेस ...

लहान माघ २७ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाल ...

सर्च कारबाहीका क्रमम ...

लहान माघ २७ । जिल्ला कारागार सिरहाभित्र सर्च कारबाही गर्दा कटुवा पेस्तोल, गोली तथा विभिन्न घरेलु हति ...

लक्ष्मीपुर पतारीमा ज ...

लहान , २७ माघ । सिरहा क्षेत्र नं. १ का जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरी यतिबेला लक्ष्मीपुर पत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१