Siraha Times
ताजा समाचार

रामग्राममा माेटरसाईकल दुर्घटना हुदा एककाे मृत्यु

  • जेठ २१, २०८०
  • ११३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ जेठ २१ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ८ हुलाकी सडक खण्डकाे बैकुण्ठपुर पुलबाट गए राति ११:५५ बजेकाे समयमा माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइतेलाई जिल्ला अस्पताल पृथ्वी चन्द्र हस्पिटलमा लगई उपचारको क्रममा एक पुरुषकाे नामथर र वतन नखुलेको आज विहान २ बजेकाे समयमा अस्पतालले मृत घाेष्णा गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटना स्थल खटिगई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी टाेलीले हुलाकी सडक खण्डको बैकुण्ठपुर पुल स्थित लु ११ प १९९३ नं. सुपर स्प्लेन्डर मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका चालकलाई प्रहरी टोली घटनास्थलबाट घाइतेलाई उपचारको लागि जिल्ला अस्पाताल परासीमा ल्याएकोमा उपचारको क्रममा आज बिहान अस्पतालले मृत घोषणा गरेको र सनाखत हुन बाँकी रहेको छ भने शब अस्पतालमा राखिएको साथै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१