ताजा समाचार

लहानलाई आँपको सुपरजोन बनाउँन जोड

  • फागुन ८, २०७५
  • १०१६ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

रामसेवक महराम लहान, ८ फागुन । सिरहालाई आँप उत्पादनको जोन बनाउँने अवधारणा आएको छ । यसैलाई आत्मसात् गरी आँप खेती स्थापना तथा व्यवस्थापन विषयक ३ दिने तालिम सम्पन्न भएको छ । कृषि विकास शाखा लहानको आयोजनामा आँप खेती सम्बन्धि तालिम आज सम्पन्न भएको छ । यो कार्यक्रम अवधिकमा हाम्रो सहभागिहरुले चाहे बमोजिमको आशा र चाहान अनुसारको आँपको खेती प्रविधि सम्बन्धि राम्रो ज्ञान तथा तरिका सिकेर गाउँमा भएका कृषकहरुलाई पनि यसलाई ज्ञानको रुपमा प्रचार प्रसार गर्नुहुन्छ भनि कृषि विकास शाखा लहानको प्राविधिक आशोक कुमार पासमानले बताउँछन् ।

कार्यक्रमको अवधिमा ९ जना महिला र १६ जना पुरुष सहित जम्मा २५ जनाको सहभागि तालिम रहेको छ । कृषक रामसुन्दर यादवले हामी आफनो खेतवारीमा आँप खेत परम्परागत रुपमा गर्दै आएको थियो । अब हामीले यो तालिम प्राप्त गरिसकेपछि आँप खेती ६ मिटरको दुरी छोडेर आफनो खेत बारीमा बोट विरुवा रोप्नु पर्ने बताएका छन् । पहिले पनि आँप खेती गरिन्थ्यो तर समस्या समाधान सहित कहिल्य पनि यो खेती गरेको थिएन । अब हामी भविष्यमा वादविवाद नहुने गरी आँप खेती निरन्तर रुपमा गर्छौ तालिमका सभाध्यक्षता गरिरहनु भएका लहान नगरपालिकाको कृषि संयोजक प्रदिप चौधरी बताउँछन् । उनी अगाडि थपे–लहान नगरपालिका लहान आँप खेतीको पहिचान बोकेको छ । हाम्रो यो शान कृषकहरुको मेहनत र कडा परिश्रम फलबाट प्राप्त भएको छ । आँप खेतीलाई व्यवस्थापन गर्ने घरेलु उपचार लगायत यो नगरपालिका आँपको पकेट क्षेत्र रहेको छ । प्रशिक्षिक तथा कार्यालय प्रमुख प्रकास साहले हाम्रो लहान नगरपालिकाको लहान आँप पकेट क्षेत्रमा भई सकेपछि हामीले नियमित रुपमा कृषकहरुलाई आँप खेती बारेमा प्राविधिक कुराहरु र आँपमा लाग्ने मधुवा रोग लगायत अरु रोगहरुलाई नियन्त्रण गर्ने उपायहरुको बारेमा प्रभावकारी प्रशिक्षण गर्नु भएको थियो ।कृषि विकास शाखाबाट ७५% अनुदानमा तरकारीको वीउ तरकारी बाली,फलफुल लगायत अन्य मानव उपयोगी बालीहरुकमा घरेलु विषादी स्प्रे गर्नको लागि लहान नगरपालिकाबाट १०० वटा अनुदानमा १६ लिटरको टयाँकी वितरण भएको छ ।

लहान नगरपालिका मयेर मुनी साहले हाम्रो लहान समृद्ध लहान नारा भनेको लहानको कृषकहरु समृद्ध हुनु हो । यो तालिम दैनिक उत्थानको लागि संचालन गरेको छ । समय समयमा आँप खेतीमा अनुदानको पनि व्यवस्थापान मिलाएका छौँ । पहिले लहानको आँप काठामाण्डौँ शहरमा बोलेर पनि लहानको आँपको विक्री भएको थियो । लहानको चुरा,धान,चमाल बँगलादेश सम्म विक्री हुने गरेको थियो । यो कामहरुले गर्दा लहानको नाम चम्किएको थियो । हाल लहानमा उत्पादन भएको आँपको व्यवस्थापनको लागि शित भण्डारण हामीले स्थापना गर्ने लक्ष्य अनुसार योजना बनाएका र्छौ । आँप खेती नगदे बाली हो । लहान नगरपालिकाबाट प्राप्त भएका तालिमहरु विषयगत रुपमा खेती गर्ने क्षेत्रमा कृषकहरुले काम गर्नुपर्छ । हामीले लहानलाई आँप खेतीको सुपर जोनमा परिणत गर्न नेपाल सरकारसंग अनुरोध गरेको छौँ । आँप खेतीमा लहानको नाम कमाउने हाम्रो साझा लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤