अनाहकमा दु:ख दिदै सिरहा ट्राफिक

  • जेठ १९, २०८०
  • ९७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मिथिला रत्न,सिरहा १९ । सिरहामा ट्राफिक चेकिङका नाउँमा फिल्मी शैलीमा ट्राफिक प्रहरी परिचालित भएका छन । एकातिर टन्टालापुर घामको चर्को प्रभावका कारण गर्मीले आक्रान्त बन्दै गएको समाजको अगाडी निर्माणाधीन अवस्थाका सडकको धूलो धुँवाको प्रत्यक्ष असर परिरहेको अवस्थामा समय सन्दर्भ विचार नगरी सिरहामा ट्राफिक चेकिङको नाउँमा स्थानीय हैरान भएका छन । आर्थिक मन्दिका कारण हैरान जनताले सिरहा ट्राफिकको रबैया देखेर झन हैरान भएका छन । सिराहा सदरमुकाम सिराहा स्थित मुख्य सडकको छेऊमा रहेको ट्राफिक बिटका प्रहरीले ट्राफिक चेकिङका नाममा रकम असुली गर्दै स्थानीयलाई हैरानी दिँदै आएको छ ।

सिराहा सदरमुकाम जोड्ने सिरहा-चोहर्बा सडकखण्डमा दिन प्रतिदिन दुर्घटना बढिरहेको बेला चेकजाच नगररि गाउँघरको ग्रामिण सडकहरु यतिवेला ट्राफिक प्रहरीको निशाना वनेका छन । स्थानिय सिरहा न.पा-२ का दिपेश यादबलाई उदृत गर्दै मिथिला रत्नका अनुसार ट्राफिक प्रहरीले चेकिङ्को नाउँमा १५ सयको रसिद काटिदिने भन्दै धमकाउँछन् यसपछि बार्गेनिङ सुरु गरेर बिना रसिद ५ सयमा काम चलाउँछन् । आफ्नो डिउटीमा खटिएका ट्राफिक प्रहरीले नामको ब्याच र टोपी समेत नलगाई फिल्मि सैलीमा डनझै सवारी साधनको साचो खोसेर तर्साउने गरेका स्थानियको गुनासो रहेको पाईन्छ । अर्थतन्त्रले धरासायी र टाट पल्टिँदै गएको आर्थिक अर्थतन्त्रको प्रत्यक्ष्य प्रभावमा परेका सर्व साधारणको लागि बिना जनचेतना राज्स्वको नाममा पैसा उठाइरहेको अवस्थाले सर्बसाधारण आजित भएका छन ।

बन्दै गरेको निर्माणाधीन अस्तब्यस्त हुलाकी सडकमा छडके चेक-जाचको नाउमा गर्मिले अचेत अबस्थामा रहेको एक बिरामिलाई अस्पताल लगिरहेको अबस्थामा समेत जवरजस्ती ट्राफिक प्रहरीले जरिबाना तिराएकाे गुनासो आएको छ । ट्राफिक प्रहरीको काम सधंै सवारीका लागि हात हल्लाई राख्ने मात्र होइन, कर र जरीवाना मात्र लिएर जनतालाई त्रास दिनुमात्र नभई ट्राफिक प्रहरीले गर्नुपर्ने सघाउ र समाजलाई पुर्याउनुपर्ने कार्य धेरै छन । सडकमा अलपत्र छोडिएका चौपायाहरु र तिनको ब्यबस्थापनमा ट्राफिक प्रहरी मौन देखिन्छन् ।

सडकमा राखिएका फोहोरहरुको ब्यबस्थापनमा ट्राफिक प्रहरीले सकारात्मक भूमिका खेल्नुपर्ने हो या होइन ? त्यतातिर मौन किन ? ट्राफिक प्रहरीले टोलटोलमा आफ्ना चेतनामूलक व्यानर टाँँस्नु, बटुवालाई शुद्धपानी खानेपानीको ब्यबस्थापन गर्ने संचालित सवारी साधनमा कोचाकोचको समस्या हटाउने, अटेरी चालकलाई कारबाही गर्नेजस्ता विषयमा ट्राफिक प्रहरीले सघाउ पुर्याउनुपर्छ । यसमा सरकार र जनताको पनि सहयोग तथा योगदान हुने , हो भने यो समस्या कुनै ठूलो समस्या होइन ।

 

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा मह ...

रहमुल लहान, २ चैत्र । सिरहाको नरहा गाउँपालिकामा पोषण सुधार तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यल ...

बलात्कारपछि हत्या भए ...

ओम प्रकाश यादव लहान लहान, २ चैत्र। सप्तरी र सुर्खेतमा भएका दुई फरक–फरक नाबालिका बलात्कार तथा ह ...

वैदेशिक रोजगारीमा रह ...

रहमुल, सिरहा, २ चैत्र । सिरहाको मिर्चैया नगरपालिका–११ सीतापुर निवासी राजलाल यादवले वैदेशिक रोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१