नापी कार्यको अनुगमन गर्दै वाडा अध्यक्ष

  • जेठ १३, २०८०
  • ७०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स सम्बाददाता जेठ १३ सरे । मधेश प्रदेशको सिराहा जिल्लाको धनगढीमाई १४ अमिल्टार स्थित हाल जारी रहेको भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसाेबासीकाे जग्गा नापजाँचको वाडा अध्यक्ष अमित ठकुरी ज्यूले स्थलगत अनुगमन गर्नु भएको छ । वाडा अध्यक्ष ज्यूले नापी कार्यमा खटिएका नापी टोलीलाई स्थलगत रुपमा भेटेर नापी कार्यको अनुगमन तथा आवस्यक जानकारी लिनु भएको हो । शनिवार समेत जारी रहेको नापी कार्यलाई तार्किक रूपमा पुगाउनका लागि नापी कार्यालय धनगढीका सञ्जय चौधरी समेत उक्त ठाउँमा पुगेर नापी टोलीका सबैलाई भेटेर आवस्यक जानकारी र टोलीसँग छलफल गर्नु भएको छ । संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले " नापी कार्य यतिबेला जारी रहेकोले वडाका सबै ठाउँका जग्गाहरुको नापी हुने बताउनु हुदै जग्गा नापी जस्तो संवेदनशील कुरामा कसैले पनि हतार गर्न नहुने " बताउनु भएको छ । नापी हाल जारी रहेकाे आवस्थामा जग्गाको नक्शा लिने काम म्यासिनका माध्यामबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

जिल्ला उद्योग वाणिज् ...

ओम प्रकाश यादव लहान,पुष २३ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष तथा समाजसेवी विकास ...

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज २३ पुस। वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन वि ...

विमलेन्द्र निधिमाथि ...

रहमुल लहान २३ पुस । हिजो पार्टीको मुख्य कार्यालयमा नेपाली कांग्रेसका सम्मानित नेता विमलेन्द्र निधिमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१