ताजा समाचार

पत्रकारहरुका मिशन बोर्डर, लप प्रमुख आक्रोशित

  • फागुन ७, २०७५
  • ९७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

आकोल यादव लहान, ७ फागुन । मिशन बोर्डर अन्तरगत सिरहाका केही पत्रकारहरुले सिमाक्षेत्रमा भइरहेको अवैद्य मालसमान तस्करी विरुद्ध समाचार लेखेपछि लक्ष्मीपुरपतारीका प्रमुख रामबल्भ साह आक्रोशित भएका छन् । प्रमुख साहका सम्बन्धित कौशललगायतले गर्दै आएको राजनिवास, रजनीगन्धा, मरिच तथा विभिन्न किराना मालसमान अवैद्य रुपमा भारत निकासी पैठारी गरिरहेको समाचार मिडियामा आएपछि सिमाक्षेत्रमा प्रहरीले कडा निगरानी बढाएको छ । सोही समाचार लिएर आज लक्ष्मीपतारी गाउँपालिकाको कार्यालयमा एक पत्रकारलाई प्रमुख साहले आक्रोशित हुँदै भने ‘तिमीहरुको काम राम्रो होइन् ।’ ‘ समाचार लेखेर बोर्डरमा कडाई गर्नु तिमीहरुले के गर्न खोजिएको हो ? यो ठिक होइन् । पत्रकार र प्रमुखबीच एक छिन तनाव नै भएको थियो । सिमाक्षेत्रको समाचार लगातार आएपछि यत्तिबेला जिल्ला प्रहरी कार्यालय सिरहाले कचनारी , झाझपटी , जानकीनगर रेखदेख गर्न प्रहरी प्रकाश खडकालाई जिम्मा दिएको छ । त्यसक्षेत्रमा प्रहरी निगरानी कडाई गरेपछि दूई दिनदेखि तस्करहरुले पत्रकारहरुलाई धम्की दिन थालेको छ । पत्रकार प्रदीप सिँहलाई मंगलवार विहान साढे ९ बजेतीर देवनगरका आन्नद यादवले ज्यान मार्ने धम्की दिएको छ । पत्रकारलाई यसरी ज्यान मार्ने धम्की दिने यादवलाई कारवाही गर्न नेपाल पत्रकार महासँघ सिरहाले जोडदार माग गरेको छ । यसवारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले यस्ता गुण्डागर्दी गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउँने बताउँनुभयो । सिमाक्षेत्रमा मरिच, मटर, किरानाका मालसमान, गिट्टी बालुवा, खैनीजन्य पदार्थ, कपडा, तेल, रक्सीलगायतका मालसमान अवैद्य रुपमा निकासी पैठारी हुँदै आएको छ । यता, समाचार आएपछि सिमाक्षेत्रमा खटिएका थप प्रहरीले भन्सार छलीका समान बरामद गरिएको छ । ईलाका प्रहरी विष्णुपुरका टोलीले चेक जाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख बराबरको किरानाको मालसमान बरामद गरिएको छ । बरामद गरिएको मालसमान भन्सार कार्यालय सिरहा माडरमा बुझाउँने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका केही पत्रकारले यत्तिबेला मिशन बोर्डर नाम दिएर तीन दिनदेखि नियमित समाचार लेख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤