Siraha Times
ताजा समाचार

बिकासमा बाधक नबन्न स्थानीयसंगआग्रह

  • जेठ १३, २०८०
  • १०४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान जेष्ठ १३ गते । नवराजपुरमा सडक बिस्तारकोक्रममा बिवाद हुदा नवराजपुर गाउँपालिकाको सार्वजनिक सम्पती जेसिबी र टिपरको शिशा पुर्णरुपले फुटाउने स्थानियलाइ कर्वाही गर्ने एक पत्रकार सम्मेलन मार्फत अध्यक्ष शिवउदगार यादबले जानकारी गराएको छ । सिरहाको नवराजपुर गाउँपालिका वडा न.३ मझौरामा गाउँपालिकाले निजि जग्गामा बाटो विस्तार गर्न खोज्दा झडप भएको छ। झडपमा परि जग्गा धनि तर्फका करिब एक दर्जन महिला पुरुष घाइते भएको कुरा जग्गा धानिहरुले बताउनु भएको छ । पालिकाले वडा न.३ मझौराका शिवनाथ यादवको निजि जग्गाको बाटोलाई सार्वजनिक बाटो भनि फराकिलो बनाउन खोज्दा झडप भएको हो।

शिवनाथ यादवलाई पालिकाले निजि बाटो संगै रहेका घर भत्काउन भनि जानकारी गराउदा यादव न्याय खोज्दै उच्च अदालत जनकपुर ,राजविराज बाट आफ्नो प्रमाण सहित जेठ -४ गते निषेधाज्ञा ल्याई गाउँपालिका र वडा कार्यलयमा बुझाउदा पनि प्रहरी प्रसाशनको रोहवरमा गाउँपालिकाले न्युक्त गरेका करीब २०० जनाको समुहमा आएका स्वयमसेवक महिला तथा पुरुषहरु घर तोड्न जाँदा जगाधनिले प्रतिकार गरेपछि स्वयमसेवकहरुले प्रहरीकै उपस्तिथिमा उच्च अदालतको निर्णयलाई अबज्ञा गर्दै लट्ठी ,ढुंगा ,ईटा लगायतले कुटपिट गर्दै शिवनाथ यादव लगायत दर्जनौलाई घाइते बनाउदै घर तोडफोड गरेको प्रत्यक्षदर्शी तथा पिडितहरुले आरोप लगाएका छन । अध्यक्ष शिव उदगार यदब आनुसार यो घटना जग्गाधनिहरुको प्लानिग अनुसार घटना घटाएको हो । यदबले थप्दै भने राजनीतिक इस्यु बनाएर पलिकाले गर्न खोजेको बिकासलाई बधा पुर्याउने सडयन्त्र रहेको भने । थप भिडयोमा ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१