Siraha Times
ताजा समाचार

गौर नगरपालिकामा एक आपसमा भनाभन हुदा धारिलो छुरा प्रहार गरि एक जनाको मृत्यु

  • जेठ ६, २०८०
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान जेष्ठ ६ । रौतहटको गौर नगरपालिका वडा नम्बर ७ सिसवा टोलका ३५ वर्षीय शेख कविरले छुरा प्रहार गर्दा छिमेकी ५० वर्षीय यार महमद खानकाे हत्या गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएअनुसार शुक्रबार राति १०:१५ बजे दुवैबीच केही सामान्भय नाभन हुँदा कविरले यारमहमद खानको छातिमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट मुटुमा गम्भीर चाेट लागेका खानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो । स्थानीयले प्रहरीमा खबर गर्नासाथ प्रहरी टोली घटनास्थल पुग्दा अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ! अभियुक्तको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

खापानी टोलमा सडक नाट ...

ओम प्रकाश यादव, लहान असोज १ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

मधेशमा स्वास्थ्य सुश ...

रहमुल, लहान, १ असोज । मधेश प्रदेशमा स्वास्थ्य सेवा सुधारका लागि संवैधानिक अधिकार, सरकारी नीति, बजेट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१