Siraha Times
ताजा समाचार

सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा रक्तदान कार्यक्रम

  • जेठ ४, २०८०
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह लहान ४ जेठ। सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा सिरहाको लहानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको प्राङ्गणमा ट्राफिक प्रहरीको आयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सिरहामा सोमवारदेखि शुरु भएको ‘ट्राफिक सप्ताह—२०८०’ अन्तर्गत चौथो दिनको अवसर पारी सवारी दुर्घटनाको क्रममा मृत्यु भएका यात्रुहरुको सम्झनास्वरुप आज विहिवार रक्तदान कार्यक्र सम्पन्न गरिएको सिरहा जिल्ला ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक बिदुरमणी भट्टराईले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार जम्मा ३७ जनाले रक्तदान गरेका छन् । रक्तदानमा जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, निजामती कर्मचारी तथा स्थानीय क्लबका युवाहरुले सहभागिता जनाएको लहान ट्राफिक कार्यालयले बताएको छ । पछिल्लो समय सिरहामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले गत सोमवारदेखि विविध कार्यक्रम गरि ‘ट्राफिक सप्ताह—२०८०’ मनाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१