ताजा समाचार

चाउचाउको बोर्ड राखेर मरिच तस्करी, प्रहरी—तस्कर मिलोमतो

  • फागुन ६, २०७५
  • १८७२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान ६ फागुन । पिक अप जीपमा चाउचाउको फ्लेक्स बोर्ड राखेर लहानबाट मरिच भारत निकासी गर्ने गिरोह सक्रिय रहेको छ । लहानका नामुद व्यापारीहरुले तेस्रो मुलकका मरिच भारत पैठारी गराउँने गरेको खुलासा भएको छ । यस अघि सुपारी, सुकुमेल, लहसुन, स्याउलगायत तेस्रो मुलुकबाट खरिद गरी अवैद्य रुपमा भारत पैठारी गराउँने गिरोहहरुको धन्दा यत्तिबेला मरिचतर्फ लागेका छन् ।

नवसंग्राम सहकर्मी आलोक यादव आज लहानबाट निस्किएको चाउचाउ वोर्ड लागिएको एक जिपलाई पिछा गर्दा वरियारपट्टी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ ब्रहरीको एक पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पारेको छ । पिक अप जिपबाट केही चाउचाउको प्याकेट र अधिकतम मरिचको बोरा अनलोड गरी पक्की घरमा राखेको छ । त्यहाँबाट रातारात कचनारी प्रहरीकै संरक्षणमा अवैद्य रुपमा भारत पैठारी गर्ने गरेको खुलासा भएको छ ।

तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ । यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाएका हुन् । तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन् ।

मरिच सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेको छ । भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ ।

 

कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काको निगरानीमै रातारात मरिच नेपालबाट भारत पैठारी हुने गरेको छ । प्रहरी खड्काकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको छ । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ भन्छन् — यो सम्भव छैन । यदि यस्तो भइरहेको छ भने यथाशिघ्र कारोबार बन्द हुन्छ । यसको लागि विशेष प्रहरी टोली खटाइसकेको छु । उता, तस्करहरु पत्रकारहरुलाई फोन गरेर मिठो शैलीमा धम्की दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤