Siraha Times
ताजा समाचार

लहाननगरको समग्र विकास निर्माणमा सहयोग निर्णय सहित नेकपा (माओवादी केन्द्र) लहान नगरकमिटीको पदाधिकारी बैठक सम्पन्न

  • वैशाख २६, २०८०
  • ७९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा ,२६ वैशाख । लहान नगरपालिकाको समग्र रुपमा विकास निर्माण , योजनाहरुको निगरानी तथा भ्रष्टाचार निर्मुलन गर्न लहान नगर कमिटी पदाधिकारीरो बैठक सम्पन्न भएको छ । सोमबार नगर कमिटीको उपाधयक्ष सुधा यादवको अध्यक्षतामा बसेको बैठकबाट नगरपालिकाको विकास र पार्टी सुदृढ़ीकरण गर्ने निर्णय सहित निम्न बुदाँहरुमा छलफल गरि सर्वसम्मत निर्णय गरिएको छ।

(१.) बिकास निर्माणमा श्रमदान गर्ने ।

(२.) नगरपालिकाको विकास निर्माण कार्यमा सहयोग गर्ने ।

(३.) भ्रष्टाचारको निगरानी गर्ने तथा निर्मुल पार्न संभव प्रयास गर्ने ।

(४.) लहानको विकासको लागि नेकपा (माओवादी केंद्र)को पार्टीका केन्द्रीय अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्रीसँग भेटघाट गर्ने । (५.) संगठन सुदृढीकरण अभियान चलाउने जस्ता विषयमा बैठक सम्पन्न भएको जनाइएको छ ।

यो सँगै लहान नगरपालिकामा भइरहेको विकास निर्माण , योजना विगत र वर्तमानको अवस्थाबारे जानकारी गराउन नेकपा माओवादी पार्टीका अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटघाटका लागि यही आउँदो जेष्ठको पहिलो हप्ता संगठित रुपमा डेली केशन जाने सर्वसम्मतिबाट निर्णय गरेको नेकपा माओवादी केन्द्र पार्टी सिराहाका सदस्य गमकलाल चौधरीले बताए तेस्तै भ्रष्टाचारलाई निर्मूल पार्न पार्टीले लागी परेको नेकपा(माओवादी केन्द्र) का जि.क.सदस्य विजय कुमार गुप्ताले जानकारी दिनु भयों अर्कों जिल्ला सदस्य तथा वाडा अध्यक्ष गणेश कुमार चौधरीले लाहान नगरपालिकामा हुने हरेक बिकास कार्यमा पार्टीको साथ सहयोग हुने जानकारी दिनू भयों ।बैठकमा बहुमत पदाधिकारी सहित आमंत्रित अतिथिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१