Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासीमा बुद्ध सँग सम्बन्धित सम्पूर्ण विकासको लागि तयार : प्रधानमन्त्रि प्रचण्ड

  • वैशाख २३, २०८०
  • ७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी /वैशाख २३ । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पुरै ध्यान वुद्धसर्किटको विकासमा रहेको बताउनुभयो । पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको भगवान गौतमवुद्धको एक मात्र अष्टधातु रहेको रामग्राम स्तुपामा वुद्धजयन्तीको अवसरमा रामग्राम नगरपालिका द्धारा आयोजीत कार्यक्रममा वोल्दै प्रधानमन्त्री प्रचण्डले वुद्धसर्किटको अवधारण अन्तर्गत असाध्यै महत्वपुर्ण अंग रुपमा रहेको विश्वमानै दुर्लभ स्तुपालाई विकासको लागी वनेको गुरुयोजना अगाडी बढाउने बताउनुभयो ।

गुरुयोजनाले समग्र रामग्राम नगरपालिका , नवलपरासी र नेपालकै विकासमा महत्वपुर्ण भुमिका खेल्ने प्रधानमन्त्रि दाहालको विश्वास रहेको छ । सामाजिक न्याय र विकासको गतिविधिलाई अगाडि वढाउने तरिकाले सरकार अगाडि वढेको प्रधानमन्त्रि दाहाले बताउनुभयो । साथै रामग्राम स्तुपालाई धार्मिक पर्यटन विकासका लागी सामुहिक प्रतिवद्धाताको लागी समेत सवैलाई आवहन गर्नुभयो । वुद्धजयन्तीको अवसरमा अयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यायन राज्य मन्त्रि शुशिला शिर्पाली, लुम्विनी प्रदेश सभा सदस्यहरु वैजनाथ कलवालर, खड्क वस्नेत लगाएतको उपस्थिीति रहेको थियो ।

रामग्राम नगरपालिकाले लुम्विनी विकास कोषले रामग्राम स्तुपलाई ओझेलमा पारे रामग्राम नगरपालिका आफैले रामग्राम विकास कोष खडा गरेर अगाडी वढ्ने जानएको छ । आज बुद्धजयन्तिका अवसरमा रामग्राम नगरपालिकाको पण्डितपुर देखि रामग्राम स्तुप सम्म धातु जात्रा समेत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१