Siraha Times
ताजा समाचार

विरेन्द्र सदाको शव ल्याउन पुर्व सिडियोद्वारा सहयोग

  • वैशाख २२, २०८०
  • ३८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २२, वैशाख । सिरहाका पुर्व प्रमुख जिल्ला अधिकारी लालवावु कवाडीले सामाजिक अभियान्ता विरेन्द्र सदाको शव ल्याउन नगद १० हजार सहयोग गरेका छन् । सामाजिक संजाल फेसवुक लाईक पेज SK Khabar Nepal मा उद्दारका लागि लेखिएको स्टाट्स देखेपछि पत्रकार संजय विश्वकर्मालाई सम्पर्क गरि अधिकारीले नगद रु १० हजार मृत्यकको भतिजो आशिष कुमार सदाको नाममा रहेको ग्लोबल आईएमईको खाता नम्बर ०३६०७०१०२१०२७० मा तत्काल जम्मा गरि आर्थिक सहयोग गरेका हुन् । यो संगै उनले विराटनगरका प्रमुख जिल्ला अधिकारी संग शव परिवारलाई बुझाउन पहलका लागि कुराकानी गरेका हुन् । पुर्व सिडियो लालबाबु कवाडीकै पहलमा आज ११ बजे विराटनगरका सिडियो मृत्यकका आफन्तसंग औपचारिक रुपमा कुराकानी गर्ने भएको छ । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नम्बर - ५ बस्ने समाजिक अभियान्ता विरेन्द्र सदायको शव अहिले न्युरो अस्पताल बिराटनगरमा बन्धकमा राखिएको छ ।

Open photo

लाखौं रकम अस्पतालाई तिरिसकेको भएपनि अझैपनि केहि रकम तिर्न बाँकी रहेको हुँदा अस्पतालले सदाको शव र उहाँको छोरालाई समेत बन्दक बनाईएको छ । करिब ३ लाख रकम तिर्न बाँकी रहेको बुझिएको छ । ब्रेन ह्याम्रेजका कारण उहाँको २०८० वैशाख १९ गते विहान ३ बजे निधन भएको थियो । शवलाई तीन दिन देखि अस्पताल मै बन्दक बनाईएको छ । सामाजिक संजालको माध्यमले उद्धारको लागि चौतर्फी पहल / प्रयासहरु भैरहेको छ । उनि विभिन्न सामाजिक संघ संस्थामा काम गर्दै आईरहेका थिए । हाल उहाँ नेपाल राष्ट्रिय मुसहर संघको केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१