शहिदनगरमा सेवा लिन जादा सेवाग्राही यादव माथि मेयरका कार्यकर्ताले गरे कुटपिट

  • वैशाख १६, २०८०
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको शहिदनगर नगरपालिकामा एक सेवाग्राहीलाई कुटपिट गरिएको घटना बाहिरिएको छ ।  शहिदनगर नगरपालिकामा सेवा लिन गएका जनमत पार्टीका विद्यार्थी जनमत सँघका अध्यक्ष बीरेन्द्र यादवमाथि नगर प्रमुख दिनेश प्रसाद यादवका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई खर्च विवरण बुझाउन दिएको समयमा जनमतबाट प्रदेश साँसदमा लडेका रामपुकार यादवले खर्च विवरणको लागि कागजात माग गर्न जाँदा सहज रुपमा सेवा नदिएको आरोप लगाउँदे बोल्न थालेपछि मेयर यादवका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप छ । 

Open photo

प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीको कार्यकक्षमा गएर उम्मेदवार रामपुकार यादवसहित जनमतका कार्यकर्ताहरुले हो हल्ला गरेपछि उनीहरुलाई कार्यकक्षबाट निकालिएको मात्र मेयर यादवले दाबी गरे ।  नगर प्रमुख यादवका अनुसार, निर्वाचन आयोगको पत्र अनुसार खर्च विवरण बुझाउनको लागि आवश्यक फर्मेट र हस्ताक्षर अधिकृतको हकमा रहेको भन्दै अधिकृतको कार्यकक्षमा पठाएको बताउँदै त्यहाँ जनमतका कार्यकर्ताहरुले हो हल्ला गरेपछि कोठा बाहिर निकाल्दा हातपात भएको बताए ।  यता, जनमत पार्टीका संघीय साँसद अब्दुल खानले जनमतका कार्यकर्तामाथि सेवा लिन जाँदा हातपात र अँगभँग भएको भन्दै मेयर यादव र अधिकृत चौधरीलाई कारवाहीको माग गरेका छन् । उनले सँसदमै सो गतिविधिको विरोध गर्दै कारवाहीको माग गरेका छन् । 

यता, अधिकृत चौधरीले आफ्नो कार्यकक्षमा आएर हो हल्ला गरेपछि कार्यालय सहयोगी र अन्य जनाले उनीहरुलाई निकालेको मात्र दाबी गरेका छन् । सो क्रममा जनमतका कार्यकर्ताहरुले मेयर र अधिकृत माथि जनकारवाहीको चेतावनी समेत दिएका छन् ।  उनीहरुले राजनीतिक दलको हिसाबले आफूहरु जनमत पार्टीको भएपछि फर्मेट नदिई हस्ताक्षर समेत दिन नमानेको आरोप लगाएका छन् । सेवाग्राहीसँग गरिएको यस्तो व्यवहारको लागि जनकारवाहीको चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१