Siraha Times
ताजा समाचार

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन मेरो पहिलो प्राथमिकता :गापा अध्यक्ष चौहानद्वारा जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन

  • वैशाख १५, २०८०
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १५ बैशाख पर्साको धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले आफ्नो गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले प्रहिलो प्राथमिकता मा राखि सहयोग गर्ने बताएका छन। धोबिनी गाउँपालिका वडा नं ४ स्वास्थ्य चौकी लंगडी मा अाज एक कार्यक्रम का बिच प्रमुख अतिथी रहनु भएका गापा अध्यक्ष मदन प्रसाद चौहान ले जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन गर्दै भनेका छन। गापा अध्यक्ष चौहान ले भने स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन ।

अध्यक्ष चौहानले स्वास्थ्य प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए । गाउँपालिकाको बासिन्दा हरु ले अब वीरगन्ज र पोखरिया सरहकाे उपचार सेवा गाउँमै लिन सक्ने उनले बताए । जनस्वास्थ्य प्रयोगशाला संचालन मा अाएपछी बल्ड का सुगर, टाईफाईट,ल्याब टेस्ट को साथै अल्ट्रासाउन्ड लगायत ५४ किसिम का चेकजाच हुने बताए । कार्यक्रममा गाउँपालिकाको स्वास्थय शाखा प्रमुख संजय यादव, स्वास्थ्य शाखा सहायक प्रमुख मन्नु पटेल,स्वास्थ्य चौकी लंगडी का नथुनी यादव, ल्याब असिस्टेन्ट भुलेन्द्र यादव, संजय पटेल , रिना पास्वान, लगायतकाे सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१