Siraha Times
ताजा समाचार

बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा

  • वैशाख १५, २०८०
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

१५ वैशाख । सप्तरीको बोदेबरसाइन नगरपालिकामा एकै दिन नगर प्रमुखदेखी अधिकृत सम्मका कर्मचारी अनुपस्थित देखिएका छन् । बिहीबार पत्रकारहरुको एक टोली सो नगरपालिका पुग्दा नगर प्रमुख आतेशकुमार सिंह, उपप्रमुख रेणुकुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखा अधिकृतसहित अन्य अधिकृत तहका कर्मचारीहरु कार्यालयमा कतै देखिएन् । कार्यालयको सोधपुछ शाखामा संचारकर्मीहरुले सोधपुछ गर्दा एक जना पनि अधिकृत स्तरको कर्मचारी उपस्थित नरहेको तथा कुनै जानकारी लिन अन्य कर्मचारीसँग सोधपुछ गर्दा कसैले पनि उचित जवाफ दिन सकेनन् । यसरी स्थानिय तहलाई सिंहदरबारको संज्ञा दिदा पनि दरबार नै कर्मचारी बिहीन हुँदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् । यस्तै कार्यालय भवनको माथिल्लो तल्लामा जाँदा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कोठा खुल्लै रहे पनि ती मध्ये कसैको पनि उपस्थिति देखिएन् । ती सबै कोठाहरुलाई फर्निचर तथा अन्य सजवाट सामाग्रिले रंगिचंगि बनाइए पनि सेवा भने फितलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । सोही तल्लाको खाली स्थानमा आधा दर्जन सोफासेट जथाभावी ढंगले बाहिरै राखिएको देखिएको थियो । भवनमा कोठा पर्याप्त हुँदा हुँदै पनि लाखौं रुँपैया लगानी गरेर खरीद गरिएको सोफाहरु लथालिंङ अवस्थामा राखिएको थियो । कार्यालयको सबै कोठा फर्निचरले भरिभराउ रहदा आवश्यक भन्दा बढी फर्निचर खरीद गरेर रकमको दुरुपयोग गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१