बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा

  • वैशाख १५, २०८०
  • ६४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

१५ वैशाख । सप्तरीको बोदेबरसाइन नगरपालिकामा एकै दिन नगर प्रमुखदेखी अधिकृत सम्मका कर्मचारी अनुपस्थित देखिएका छन् । बिहीबार पत्रकारहरुको एक टोली सो नगरपालिका पुग्दा नगर प्रमुख आतेशकुमार सिंह, उपप्रमुख रेणुकुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखा अधिकृतसहित अन्य अधिकृत तहका कर्मचारीहरु कार्यालयमा कतै देखिएन् । कार्यालयको सोधपुछ शाखामा संचारकर्मीहरुले सोधपुछ गर्दा एक जना पनि अधिकृत स्तरको कर्मचारी उपस्थित नरहेको तथा कुनै जानकारी लिन अन्य कर्मचारीसँग सोधपुछ गर्दा कसैले पनि उचित जवाफ दिन सकेनन् । यसरी स्थानिय तहलाई सिंहदरबारको संज्ञा दिदा पनि दरबार नै कर्मचारी बिहीन हुँदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् । यस्तै कार्यालय भवनको माथिल्लो तल्लामा जाँदा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कोठा खुल्लै रहे पनि ती मध्ये कसैको पनि उपस्थिति देखिएन् । ती सबै कोठाहरुलाई फर्निचर तथा अन्य सजवाट सामाग्रिले रंगिचंगि बनाइए पनि सेवा भने फितलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । सोही तल्लाको खाली स्थानमा आधा दर्जन सोफासेट जथाभावी ढंगले बाहिरै राखिएको देखिएको थियो । भवनमा कोठा पर्याप्त हुँदा हुँदै पनि लाखौं रुँपैया लगानी गरेर खरीद गरिएको सोफाहरु लथालिंङ अवस्थामा राखिएको थियो । कार्यालयको सबै कोठा फर्निचरले भरिभराउ रहदा आवश्यक भन्दा बढी फर्निचर खरीद गरेर रकमको दुरुपयोग गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

(एल.एल.बी) प्रवेश पर ...

विष्णुदेव सरदार / सिराहा, असार ४ गते । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र ...

लहान वडा नं. ९ को नय ...

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढला ...

आफ्नै शरीर र प्रजनन् ...

संजु कुमारी दास, लाहान, असार ३।  गोलबजार नगरपालिकाको १३ औं वडाका १४ देखी २० वर्ष उमेर समुहका ३४ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१