Siraha Times
ताजा समाचार

प्रशासकीय अधिकृत माथि कार्यक्षमा अभद्र ब्यबहार

  • वैशाख १५, २०८०
  • ७८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १५ । सिरहाको धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेलाई कार्यकक्षमा चुकुल लगाएर अपमान गरिएको छ । धनगढीमाई नगरपालिकाको अधिकार क्षेत्र भित्र अनुमति लिएर संचालित खानी अस्थायी रूपमा बन्द गरिएको विषयलाई लिएर आज दिउसो करिब १२.४५ बजेको समयमा धनगढीमाई नगरपालिकाकाे प्रशासनिक भवनमा कमलामाई सप्लायर्सका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका ५/७ जनाको समुहले अधिकृत बगालेको कार्यकक्षमा एका एक प्रवेश गरी भित्रबाट चुकुल लगाएर अभद्र भाषा र ब्यबहार गरी पानीको बोतलले प्रहार गर्ने प्रयास गर्दै ' किन खानी बन्द गरेको हो ? खानी बन्द गर्ने अधिकार तलाई कसले दियो ? ,भन्दै प्रशासकीय अधिकृतलाई असभ्य ब्यबहार गर्दै गाली गलौज गरी हातपातको प्रयास गरेका हुन । असहज बातावरण भएको कार्यकक्षमा भएका नगर प्रहरी र सेवाग्राहीकाे सहयोगमा बल प्रयोग गरी मुस्किलले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षबाट बाहिर निकालिएकाे थियो । घटना लगतै नेपाल प्रहरी र शस्त्र प्रहरीको टोली धनगढीमाईको प्रशासनिक कार्यालय पुगी सुरक्षा दिएका थिए । आज गुण्डागर्दी शैलीमा गरिएको ब्यबहार प्रति स्थानीय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति सिरहाका अध्यक्ष राम उदगार यादव (राम निर्दोषी) ले घटनाको घोर भ्रत्सना गर्दै दोषी माथि कानुनी कारबाहीकाे माग गर्नु भएको छ । घटनाको अनुसन्धान र दोषी माथि कारवाही र शान्ति सुरक्षाको माग गर्दै धनगढीमाई नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले न्यायको माग गर्दै भोलिदेखि कामकाज ठप्प पार्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१