Siraha Times
ताजा समाचार

बाटाे नबन्दा पाल्हिनन्दनका स्थानीयलाई सास्ती

  • वैशाख १०, २०८०
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/बैशाख १० । पश्चिम नवलपरासीको महेशपुर -परासी सडकखण्डकाे बाटाे निर्माण नहुँदा हरपुर देखि कुस्मा सम्म स्थानीयलाई सास्ती खेप्नुपरेको छ । उक्त सडकखण्ड १.५ कि.मी बन्दै गरेको सडक खण्डमा ठेक्कादारले सडकमा पानी नहाल्दा सडकको छेउमा रहेको स्थानीय हैरान भएका छ्न् । धुलोले सडक दिउँसै देखिन्न भने सडक किनारका घरमासमेत बस्नै नसक्ने स्थानीय मुकेश गुप्ताले बताउनुभयाे । धुलोले पाकेको खान खान नसकिने भएको छ । घरबाट बाहिर निस्कदा धुलोले केही देखिन्न गाडी आउँदा खतराको उच्च जोखिम देखिएको छ । घरको झ्याल ढोका खोल्नै हुन्न घरमा र पसलहरुमा धुलैधुलाे हुनेगरेकाे छ ।

स्थानीय जनताले निर्माणधीन सडकको धुलोका कारणले वडाअध्यक्षसंग हारगुहार गरें पनि पल्हिनन्दन गाउँपालिका-२ का वडाअध्यक्ष जगदीश प्रसाद गुप्ताले वडा नम्बर २ मा काम शुरु गर्दा वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क नगरी मनोमान ढंगले ठेकेदार पक्षले काम शुरु गरेको बताउनुभयाे । स्थानीयको जनगुनासो पश्चात् वडाअध्यक्षले ठेकेदारलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको बताउनुभयाे । सडक आयोजनाका इन्जिनियरलाई पत्रकारले सम्पर्कमा लिन खोजदा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

असारे बजेट खर्चको अन ...

रहमुल लहान, १९ असार। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा स्थानीय तहहरूमा विकास निर्माणका काम, भुक्ता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१