ताजा समाचार

कुष्ठरोगको बिषय पाठ्यक्रममा समावेश हुनुपर्ने वताबरणहरु

  • फागुन २, २०७५
  • १३७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह फाल्गुन २ कुष्ठरोगको बिषयमा अहिलेसम्म पाठ्यक्रममा समावेश नभएका कारण गाउँ समाजमा अझै पनि कुष्ठरोगलाई पूर्वजन्मको पापको रुपमा लिने गरिएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन । धनुषाको मिथिला नगरपालिका लालगढमा बिहीवार कुष्ठरोग प्रभावितको क्षेत्रमा काम गर्दै आएको एसोसिएसन फर आइडिया नेपालले आयोजना गरेको प्रदेश भेलामा सहभागीहरुले २१ औ शताव्दीमा पनि कुष्ठरोगीलाई घर निकालासम्मको व्यवहार हुनु दुखद भएको वताए । सहभागीहरुले यो बिषय पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई आग्रह गरे । अरु रोग जस्तै कुष्ठरोग पनि सामान्य रोग हो भन्ने जनचेतना जगाउंदै कुष्ठरोग जो कोहीलाई पनि हुन सक्ने भन्दै कुष्ठरोगी हेला नगर्न आग्रह गरिएको छ । अहिलेसम्मको पाठ्यक्रममा सर्ने र नसर्ने रोगको बिषय मात्रै राखिएको र अब कक्षा ११ र १२ को पाठ्यक्रममा यो बिषय समावेश हुनुपर्ने मांग सहभागीहरुले गरेका छन । नेपालमा कुष्ठरोग प्रभावितको संख्या २ लाख पुगेको छ । सबै भन्दा बढी कुष्ठरोगी धनुषामा रहेका छन् । यस्तै बाँके, बर्दिया, पर्सा, झापा, नवलपरासी, बारा लगायतका १८ वटा जिल्लामा कुष्ठरोग धेरै भएका जिल्लामा पर्दछन् ।

एसोसिएसन फर आइडिया नेपालका केन्द्रिय कोषाध्यक्ष एवम प्रदेश नं. २ का संयोजक महेन्द्र प्रसाद महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला नगरपालिकाका उप मेयर तारा बस्नेत लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा लालगढ अस्पतालका मेडिकल कोडिनेटर डा.कृष्ण लामा , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका केन्द्रिय वरिष्ठ सल्लाहकार एवम मेरीलैण्ड ई स्कुल लहानका फाउण्डर प्रिन्सिपल पाण्डव हमाल , समाजिक विकास मन्त्रालयका जयबिर यादव , प्रदेश नं. २ स्वास्थ्य निर्देश्नायका राजेश ठाकुर , नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल धनुषाका अध्यक्ष चन्द्र नारायण मंडल , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका धनुषा उपाध्यक्ष आशिष झा , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका धनुषा सह सचिव दिपेन्द्र चौधरी सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤