कुष्ठरोगको बिषय पाठ्यक्रममा समावेश हुनुपर्ने वताबरणहरु

  • फागुन २, २०७५
  • १२२० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राजन कुमार सिंह फाल्गुन २ कुष्ठरोगको बिषयमा अहिलेसम्म पाठ्यक्रममा समावेश नभएका कारण गाउँ समाजमा अझै पनि कुष्ठरोगलाई पूर्वजन्मको पापको रुपमा लिने गरिएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन । धनुषाको मिथिला नगरपालिका लालगढमा बिहीवार कुष्ठरोग प्रभावितको क्षेत्रमा काम गर्दै आएको एसोसिएसन फर आइडिया नेपालले आयोजना गरेको प्रदेश भेलामा सहभागीहरुले २१ औ शताव्दीमा पनि कुष्ठरोगीलाई घर निकालासम्मको व्यवहार हुनु दुखद भएको वताए । सहभागीहरुले यो बिषय पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई आग्रह गरे । अरु रोग जस्तै कुष्ठरोग पनि सामान्य रोग हो भन्ने जनचेतना जगाउंदै कुष्ठरोग जो कोहीलाई पनि हुन सक्ने भन्दै कुष्ठरोगी हेला नगर्न आग्रह गरिएको छ । अहिलेसम्मको पाठ्यक्रममा सर्ने र नसर्ने रोगको बिषय मात्रै राखिएको र अब कक्षा ११ र १२ को पाठ्यक्रममा यो बिषय समावेश हुनुपर्ने मांग सहभागीहरुले गरेका छन । नेपालमा कुष्ठरोग प्रभावितको संख्या २ लाख पुगेको छ । सबै भन्दा बढी कुष्ठरोगी धनुषामा रहेका छन् । यस्तै बाँके, बर्दिया, पर्सा, झापा, नवलपरासी, बारा लगायतका १८ वटा जिल्लामा कुष्ठरोग धेरै भएका जिल्लामा पर्दछन् ।

एसोसिएसन फर आइडिया नेपालका केन्द्रिय कोषाध्यक्ष एवम प्रदेश नं. २ का संयोजक महेन्द्र प्रसाद महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला नगरपालिकाका उप मेयर तारा बस्नेत लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा लालगढ अस्पतालका मेडिकल कोडिनेटर डा.कृष्ण लामा , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका केन्द्रिय वरिष्ठ सल्लाहकार एवम मेरीलैण्ड ई स्कुल लहानका फाउण्डर प्रिन्सिपल पाण्डव हमाल , समाजिक विकास मन्त्रालयका जयबिर यादव , प्रदेश नं. २ स्वास्थ्य निर्देश्नायका राजेश ठाकुर , नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल धनुषाका अध्यक्ष चन्द्र नारायण मंडल , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका धनुषा उपाध्यक्ष आशिष झा , राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपालका धनुषा सह सचिव दिपेन्द्र चौधरी सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

लहान नगरपालिकाले विग ...

ओमप्रकाश यादव, लहान जेठ २४ ।  लहान नगरपालिकाले विगत तीन वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृ ...

डाक्नेश्वरी नगरपालिक ...

राशिन्द्र यादव, सप्तरी जेठ२४ । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिकामा, शिक्षा शाखाको विशे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१