Siraha Times
ताजा समाचार

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

  • वैशाख ३, २०८०
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज ३ बैशाख । एक व्यक्तिलाई एक दिनमा खाना र खाजा खानुपर्दा कति रकमसम्म खर्च गर्नुपर्छ ? यसको सहज उत्तर हुन्छ खाना र खाजामा निर्भर गर्छ । सादा खाना खाए एक छाँकको खाजा र खाना वापत रु ५ सयदेखि ६ सय खर्च गर्नुपर्ने हुन्छ । माछा, मासु या केहि अन्य विशेष खाए रु एक हजारदेखि १५ सयसम्म खर्च हुन्छ खाजा र खानामा । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधीले भने झण्डै ९ हजार बराबरको खाजा र खाना खाएका छन् । यो रकम एक जना जनप्रतिनिधीले खाएको खाजा र खानाको खर्च हो । जिल्लाको बोदे बर्साइन नगरपालिकाका जनप्रतिनिधीले आ.ब. २०७७÷७८ को नगरसभामा यत्रो रकम बराबरको खाना र खाजा खाएको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा नगरसभामा सहभागी ५५ जना जनप्रतिनिधीको खाना र खाजाका लागि रु ४ लाख ७५ हजार ८ सय ८ खर्च भएको उल्लेख गरिएको छ । यसरी हेर्दा एक जनाले रु ८ हजार ६५२ बराबरको खाना र खाजा खाएका हुन् । दुई दिनसम्म गर सभा संचालन भएपनि एक जनाले यत्रो रकम बराबरको खाना र खाजा खान सक्दैनन् । ‘स्थानीय सरकार संचालन एने, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘कतिपय बिलहरुमा मिति र प्रयोजन समेत खुलेको देखिदैन भने नगरसभाको निमित्त मात्रै वा तयारी सहितको खर्च भएको खुल्ने प्रमाण पेश भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१