बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

  • वैशाख ३, २०८०
  • ८८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज ३ बैशाख । एक व्यक्तिलाई एक दिनमा खाना र खाजा खानुपर्दा कति रकमसम्म खर्च गर्नुपर्छ ? यसको सहज उत्तर हुन्छ खाना र खाजामा निर्भर गर्छ । सादा खाना खाए एक छाँकको खाजा र खाना वापत रु ५ सयदेखि ६ सय खर्च गर्नुपर्ने हुन्छ । माछा, मासु या केहि अन्य विशेष खाए रु एक हजारदेखि १५ सयसम्म खर्च हुन्छ खाजा र खानामा । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधीले भने झण्डै ९ हजार बराबरको खाजा र खाना खाएका छन् । यो रकम एक जना जनप्रतिनिधीले खाएको खाजा र खानाको खर्च हो । जिल्लाको बोदे बर्साइन नगरपालिकाका जनप्रतिनिधीले आ.ब. २०७७÷७८ को नगरसभामा यत्रो रकम बराबरको खाना र खाजा खाएको देखिन्छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा नगरसभामा सहभागी ५५ जना जनप्रतिनिधीको खाना र खाजाका लागि रु ४ लाख ७५ हजार ८ सय ८ खर्च भएको उल्लेख गरिएको छ । यसरी हेर्दा एक जनाले रु ८ हजार ६५२ बराबरको खाना र खाजा खाएका हुन् । दुई दिनसम्म गर सभा संचालन भएपनि एक जनाले यत्रो रकम बराबरको खाना र खाजा खान सक्दैनन् । ‘स्थानीय सरकार संचालन एने, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘कतिपय बिलहरुमा मिति र प्रयोजन समेत खुलेको देखिदैन भने नगरसभाको निमित्त मात्रै वा तयारी सहितको खर्च भएको खुल्ने प्रमाण पेश भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१