सिराहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला

  • बैशाख ३, २०८०
  • ४८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/सिराहा/बैशाख २ गते। सिराहाको दक्षिणी सिमावर्ती राजमार्ग देखी १० किलोमिटरमा पर्ने लक्ष्मीपुर- पतारी गाउँपालिकामा आज पतारी मेलाको आयोजना भएको छ। उक्त मेलामा नि:सन्तान अर्थात बाँझ महिलाहरूले आज सिरहाको पतारी पोखरीमा डुबुल्की लगाई नि:सन्तानलाई सन्तान प्राप्तिको लागि मेला लागिएको हो । प्रत्येक वर्ष बैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुवकी लगाई स्नतान प्राप्तिका लागि राजा हर शिँह देव ठाकुर ( बाबा ) सित कामना गर्नेछ ।

Open photo

पोखरीमा डुबुलकी लगाउने छ, पहिलो डुवकीमा , जे आउँछ सर्प , ढुङ्गाा , माटो , डोकासितुवा इत्यादि द्वारा सन्तान प्रप्ति हुने र भइरहेको जनविश्वास रहेको छ। यता, आयोजक पतारी मेला समिति दिलिप कुमार साफीका अनुसार - यस वर्ष मेलालाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्षौंदेखि जिर्ण अवस्थामा रहेको पतारी पोखरी र (बाबा ) हरसिँह मन्दिरलाई रङ्गरोगन , सरसफाई को काम पूरा भएको बताउनुभयो। यो सँगै पतारी पोखरीको महिमा ( शक्ति ) बारेमा भन्नुहुन्छ - स्थानीय महेशपुर पतारीका ६५ वर्षीय हरिलाल रामका अनुसार - यो पतारी पोखरीको महिमा शक्तिशाली, अपरम्पार रहेको बताउँछन्। पहिला पहिला पतारी पोखरीको पानी स्थानीयलाई सेवन गर्ने अवस्था थियोे अर्थात खानामा कम्तीमा १ बुंद पानी दिनुपर्ने अवस्था थियोे । नत्र, खाना गनहाउने, स्वादहीन हुने गरेको बताउँछन् ।

पतारी पोखरीले बाँझ महिलाको हकमा अहिलेसम्म राम्रो गर्दै आइरहेका छन् । नि:सन्तान महिलाले डुबुल्की लगाए, पश्चात् छोराछोरी मध्ये कुनैकुनै एक सन्तान हुने नै हो । मेला प्रसिद्ध भएकाले भारतको दरभंगा , पटना , जयनगर , लदनियाँ , खुटौना सम्मको मान्छेहरुको घुईँचो रहेको छ। आज जुडशितल तथा पतारी मेला मेला भर्ने भाकल गर्ने लड्डु पान सुपारी चढाउने , खसीबोका चढाउने , मेला हेर्ने आउनु हुने सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा आयोजक मेला समिति हार्दिक स्वागत गरिएको महेशपुर -३ का वडा अध्यक्ष दिल्लिप साफी बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१