Siraha Times
ताजा समाचार

रामग्राम सरकार; राम्रो भेटिएन की हाम्रो भेटिएन?

  • वैशाख १, २०८०
  • १०२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी/बैशाख ०१ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकाे कर्मचारीलाई भर्नामा मिलोमतो गरेको आरोप लगाउँदै विभिन्न सामाजिक सञ्जालमा "रामग्राम सरकार; राम्रो भेटिएन की हाम्रो भेटिएन" भने वाक्य खुब भाइरल भएको छ। रामग्राम नगरपालिकाको मिति २०७९/१०/१९ गतेको सूचना अनुसार नगर प्रहरी इन्चार्जको लागि १ जना,नगर प्रहरी जवानको लागि ३ जना ,ल्याव असिस्टेन्टको लागि २ जना , अ.हे.ब को लागि २ जना,अनमीको लागि २ जना,एक्साभेटेर चालक १ जना,दमकल सहायक २ जना गरी गरी १३ जना करार कर्मचारी भर्नामा प्रमूख उपप्रमुख मेयरको मिलोमतो गरेका कुरा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यस विषयमा जानकारी लिन खोज्दा सूचना अधिकारी राम सुभास गुप्ता संग जानकारी लिनु सूचना अधिकारी संग जानकारी लिन खोज्दा प्रशासकिय रामलाल भुषाललाई सोध्न आग्रह गरे त्यस पछि प्रशासकीय अधिकृत रामलाल भुषाल संग जानकारी लिन खोज्दा प्रमूख प्रशासकिय अधिकृत सोध्नु भनी जवाव दिए । यसरी प्रमूख प्रशासकिय अधिकृत मन बहादुर खड्का संग जानकारी लिदा उहाँ १० दिन देखि बिदामा रहेको जानकारी गराउँदै निम्मित प्रमूख प्रशासकिय अधिकृत कुन्दन चाैधरी संग सूचना लिन बताए ।

यसरी सूचना दिन एकले अर्कोलाई गरेको आग्रह अर्थात आनाकानीबाट स्पस्ट छ । यस विषयमा प्रमुख उप-प्रमुख लगायत कर्मचारीहरुको मिलोमतो रहेको छ। यस विषयमा केही वार्ड अध्यक्ष हरुले समेत विरोध गर्दै आएका छन् । रामग्राम नगरपालिकाको बिभिन्न्न पदका लागि खुला गरिएको बिज्ञापनामा लगभग २०० जनाले आवेदन दिएका थिए । रु ४०० अनुसार २०० जनाकाे ८०,०००/- दस्तुर उठेको छ । तर २०० जना मध्ये परिक्षामा जम्मा ४० जनालाई सम्मिलित गरेका छन् ।

एक परीक्षार्थी संग बुझ्दा आफ्नो आफ्नो मान्छे लाई मात्र संक्षिप्त सूचीमा राखिएको आरोप लगाएका छन् । ३ महिना अहिले लाइसेन्स प्राप्त उम्मेदवारलाई संक्षिप्त सूचीमा राखिएको र ६ वर्ष पुरानो लाइसेन्स प्राप्त उम्मेदवारलाई हटाइएको बताएका छन् । केही पद बाहेक बाकीमा सबैमा लिखित,प्रयोगात्मक परीक्षा र अन्तरवार्ता लिने भए पनि बिना कुनै मापदण्ड आफ्नो मान्छे भर्ना गर्न राम्रो उम्मेदवारलाई बिना कुनै कारण फालिएको छ आरोप लगाउँदै समयमा नगरपालिका नसच्चाईए आन्दोलान गर्ने उम्मेदवारहरुले चेतनावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१