Siraha Times
ताजा समाचार

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

  • वैशाख १, २०८०
  • १००४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १ बैशाख। समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएकी छिन् । पर्साको बिरगंज स्थित अनिल रुङ्गाटा क्मपलेक्समा सञ्चालनमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित भएकी छिन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी अग्रवाल सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् ।

२०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको थियो । सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित दिएको छ । यस्तै नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सुरुङ्गामा १८० घण्टे ...

ओम प्रकाश यादव लहान असार २०। महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सुरुङ्गा नगरपालिकाको ...

सिरहामा प्रहरी र लाग ...

ओम प्रकाश यादव लहान असार २०। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१