Siraha Times
ताजा समाचार

मधेश प्रदेशको ८ वटै जिल्लामा भेट एम्बुलेन्स र घुम्ती माटो परीक्षण ल्याब सँचालन हुने

  • चैत २७, २०७९
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा चैत्र २७ गते । मधेश प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री ई. बसन्त कुशवाहाको विशेष पहलमा आर्थिक बर्ष २०८०/८१ मा मधेश प्रदेशका लागी कृषिमा आवश्यक ठुला परियोजना तथा कार्यक्रमका लागी संघीय मन्त्रालय मार्फ़त बजेट विनियोजनका लागी सरोकारवाला सबैसंग छलफल सम्पन्न भयो। सो बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डॉ. जयकान्त राउत, कृषि तथा अर्थ मन्त्रालयका सम्बन्धित प्रमुख पदाधिकारीहरु सहभागी भएका थिए। सो बैठकमा आगामी आर्थिक बर्षमा मधेश प्रदेशका लागी निम्न योजना तथा कार्यक्रमहरु समावेश गर्ने छलफल भयो।

- हरेक वार्ड (१,२७०) मा थप जैविक मलखाद उद्योग स्थापना

- हरेक पालिका (१३६) मा साना कृषि बजार ब्यवस्थापन

- हरेक निर्वाचन क्षेत्र (३२) मा ठुला कृषि बजार ब्यवस्थापन

- हरेक निर्वाचन क्षेत्र (३२) मा ५०० टन माथीको कोल्ड स्टोर स्थापना

- हरेक निर्वाचन क्षेत्र (३२) मा कृषि औजार कस्टम हायरिंग सेण्टर

- हरेक जिल्ला (८) मा कृषि पर्यटन (Agro - tourism) का लागी पूर्वधार बिकास

- हरेक जिल्ला (८) मा घुम्ती soil test lab

- हरेक जिल्ला (८) मा घुम्ती Vet Ambulance

- किसान कार्ड तथा किसान पेन्शनको ब्यवस्थापन

- सुलभ तथा सहुलियत ऋणको ब्यवस्थापन

- वालीनाली तथा पशु पंछीको बीमा

- कृषि बिधुतीकरण, सिचाई तथा निःशुल्क कृषि मीटर

- खेती प्रणालीलाई satellite/ digital imaging system संग जोड़ने

- मधेश प्रदेशका कृषि उत्पादनका लागी काठमाण्डौ उपत्यकाभित्र बजार क्षेत्र निर्माण उपरोक्त कार्यक्रम लगायत कृषिमा देशलाई आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यका साथ संघ, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरी आगामी योजनाहरु परिचालन गर्ने छलफलका साथ बैठक सम्पन्न भयो।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१