Siraha Times
ताजा समाचार

लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रोपटक समुदघाटन सम्पन्न व्यापक विरोध प्रदर्शन

  • चैत २४, २०७९
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २४ चैत । सिराहाको लहान -७ मा अवस्थित महाकवि विद्यापति भानुभक्त वाचनालयको शुक्रबार दोस्रोपटक समुदघाटन सम्पन्न गरिएको छ । वाचनालयको दोस्रोपटक उदघाटन गरिएको विषयलाई लिएर स्थानीय जनताहरुद्वारा व्यापक विरोध पर्दर्शनी समेत भएको छ । विरोध नियन्त्रण तथा शान्ति सुरक्षा गर्न इलाका प्रहरी लहान र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा गरिएको थियो ।लहान नगरपालिकाका तत्कालीन पुर्व मेयर मुनि साहले महाकवि विद्यापति भानुभक्त वाचनालय उदघाटन गरिएको आज १ ठिक एकवर्ष पूरा भयो ।

वाचनालय उदघाटनकर्ता पुर्व मेयर मुनि साहले उदघाटन गरिएको बोर्ड हटाएर अहिलेको मेयर महेश प्रसाद चौधरीले आफ्नो नामसहितको बोर्ड राखेर उदघाटन गरिएको प्रति यतिबेला चौतर्फी आलोचना भई रहेको छ ।लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरी विकास भन्दा पनि विपक्षसँग प्रतिशोध लिने गरेको स्थानीयहरु बताउँछन् अरबौंको बजेट ल्याउने लहान नगरपालिका बिना काम र विकास बिनाकै खोलाको पानी जस्तै रकम बहाव भएर गइरहेको अवस्था देखिएको छ ।

यता , लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार - २०७८ चैत २५ गतेमा भएको भानुभक्त वाचनालय नियमसंगत नगरिएको बताएका छन्। मेयर मुनि जहाँ र जतिबेला मनमौजी तरिकाले विकास कामकाजमा ठेस पुगाएको बताउनुभयो । हाल सो भानुभक्त वचनालयको भवनमा लहान वडा नम्बर ४, ७, ६, गरि ४ वटा वडाहरु सञ्चालनमा आएको छ। 

भानुभक्त वाचनालय - अबको केहीदिन पछि डिजिटल मैत्री पुस्तकालय सहितको बनाउने तयारीमा रहेको मेयर चौधरीले बताउनुभयो ।यता , समुदघाटकै बेला नेकपा एमाले निकटका नेता तथा कार्यकर्ताहरु महाकवि विद्यापति भानुभक्त वाचनालय अगाडि विरोध पर्दर्शनी गरिएको छ ।एकपटक उदघाटन भइसकेको वाचनालाई पटकपटक उदघाटन गर्नु नगरको रकम दुरुपयोग मात्रै भएको पर्दर्शनकारीहरुले भनिएको छ।

यो सँगै लहानको २ नम्बर रोड अर्थात सेल्फी रोडमा भ्रष्टाचार भएको चौतर्फी विरोधको चर्चा अहिलेसम्म देखिएको छ। प्रथम पटक उदघाटनको शिलालेख तोडेर - आफ्नो नामको बोर्ड शिलालेख राखेको प्रति प्रतिपक्षीहरु आन्दोलित बनेका थियो । उनीहरू अनुसार लहान मेयरको एकलवादी प्रणाली भएको भन्दै यस्तो मेयर चाहिदैन् ,लहान बर्बाद हुन पाइदैन भन्ने नारा सहित विरोध पर्दर्शनी गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१