लहानको विद्यापति भानुभक्त वाचनालय दोस्रोपटक समुदघाटन सम्पन्न व्यापक विरोध प्रदर्शन

  • चैत २४, २०७९
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २४ चैत । सिराहाको लहान -७ मा अवस्थित महाकवि विद्यापति भानुभक्त वाचनालयको शुक्रबार दोस्रोपटक समुदघाटन सम्पन्न गरिएको छ । वाचनालयको दोस्रोपटक उदघाटन गरिएको विषयलाई लिएर स्थानीय जनताहरुद्वारा व्यापक विरोध पर्दर्शनी समेत भएको छ । विरोध नियन्त्रण तथा शान्ति सुरक्षा गर्न इलाका प्रहरी लहान र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा गरिएको थियो ।लहान नगरपालिकाका तत्कालीन पुर्व मेयर मुनि साहले महाकवि विद्यापति भानुभक्त वाचनालय उदघाटन गरिएको आज १ ठिक एकवर्ष पूरा भयो ।

वाचनालय उदघाटनकर्ता पुर्व मेयर मुनि साहले उदघाटन गरिएको बोर्ड हटाएर अहिलेको मेयर महेश प्रसाद चौधरीले आफ्नो नामसहितको बोर्ड राखेर उदघाटन गरिएको प्रति यतिबेला चौतर्फी आलोचना भई रहेको छ ।लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरी विकास भन्दा पनि विपक्षसँग प्रतिशोध लिने गरेको स्थानीयहरु बताउँछन् अरबौंको बजेट ल्याउने लहान नगरपालिका बिना काम र विकास बिनाकै खोलाको पानी जस्तै रकम बहाव भएर गइरहेको अवस्था देखिएको छ ।

यता , लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार - २०७८ चैत २५ गतेमा भएको भानुभक्त वाचनालय नियमसंगत नगरिएको बताएका छन्। मेयर मुनि जहाँ र जतिबेला मनमौजी तरिकाले विकास कामकाजमा ठेस पुगाएको बताउनुभयो । हाल सो भानुभक्त वचनालयको भवनमा लहान वडा नम्बर ४, ७, ६, गरि ४ वटा वडाहरु सञ्चालनमा आएको छ। 

भानुभक्त वाचनालय - अबको केहीदिन पछि डिजिटल मैत्री पुस्तकालय सहितको बनाउने तयारीमा रहेको मेयर चौधरीले बताउनुभयो ।यता , समुदघाटकै बेला नेकपा एमाले निकटका नेता तथा कार्यकर्ताहरु महाकवि विद्यापति भानुभक्त वाचनालय अगाडि विरोध पर्दर्शनी गरिएको छ ।एकपटक उदघाटन भइसकेको वाचनालाई पटकपटक उदघाटन गर्नु नगरको रकम दुरुपयोग मात्रै भएको पर्दर्शनकारीहरुले भनिएको छ।

यो सँगै लहानको २ नम्बर रोड अर्थात सेल्फी रोडमा भ्रष्टाचार भएको चौतर्फी विरोधको चर्चा अहिलेसम्म देखिएको छ। प्रथम पटक उदघाटनको शिलालेख तोडेर - आफ्नो नामको बोर्ड शिलालेख राखेको प्रति प्रतिपक्षीहरु आन्दोलित बनेका थियो । उनीहरू अनुसार लहान मेयरको एकलवादी प्रणाली भएको भन्दै यस्तो मेयर चाहिदैन् ,लहान बर्बाद हुन पाइदैन भन्ने नारा सहित विरोध पर्दर्शनी गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

कपिलवस्तुको सिमाक्षे ...

कपिलवस्तुको जिल्लाकाे विजयनगर गां पा गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ समयमा व ...

कृष्णानगरमा बहादुरगं ...

कपिलवस्तु , मंसिर १९ । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित बहादुरगञ्ज आँखा अस्पतालले कृष्णनगर नगर ...

लहानमा चारदिने तालिम ...

रहमुल लहान, १९ मंसिर । व्यवस्थापनमा जलवायु सहनशीलता एकीकृत गर्ने उद्देश्यले लहानमा चारदिने तालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१